प्रदिप ऐरीको उत्कृस्ट इनिंगमा एपीएफको १८५, पुलिसको लागि अमितको अर्धशतक

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार २ खेल भइरहेका छन्।

मुलपानी मैदानमा जारि खेलमा विभागीय टोलि एपीएफ र प्रदेश-५ तथा टियु मैदानमा जारि खेलमा नेपाल पुलिस क्लब र प्रदेश-२ ले प्रतिस्पर्धा गरिरहेका छन्।

शशस्त्र प्रहरी बलले प्रदेश-५ लाई १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर ब्याटिंग गरेको शशस्त्र प्रहरीको लागि प्रदिप ऐरीले सर्वाधिक अविजित ७७ रन बनाए। तेश्रो नम्बरमा ब्याटिंग गरेका ऐरीले १३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे। यस्तै सन्दिप जोराले २२, शरद भेसावकरले १४, भुवन कार्कीले १३ तथा आसिफ शेखले ११ रन बनाए।

प्रदेश-५ को लागि कृष्ण कार्कीले सर्वाधिक ३ ( ८.४-१-३२-३ ) , सन्दिप सुनारले ( १०-१२६-२ ) विकेट लिए भने बिक्रम भुसाल ( ९-२-२८-१ ) , सिद्धान्त शाही ( ७-०-२९-१ ) र अनिल खरेल ( ९-०-४६-१ ) ले १/१ विकेट लिए। स्कोरकार्ड 

एपीएफले यस अघि खेलेको ३ वटै खेलमा जित हाँसिल गर्दै समुह ‘ए’ बाट सेमीफाइनलमा स्थान बनाईसकेको छ। प्रदेश-५ ले २ खेल खेल्दा १ हार र १ खेल मा सुदुरपश्चिमसंग अंक बाँडेको थियो। आज जित हाँसिल गर्दै सेमीफाइनल सम्भावना प्रदेश-५ ले जीवित राख्न चाहन्छ।

 अमित श्रेष्ठको अर्धशतक 

टियु मैदानमा भइरहेको खेलमा नेपाल पुलिस क्लबले प्रदेश-२ बिरुद्ध ५० ओभर ब्याटिंग गर्दै ९ विकेट गुमाएर २५३ रनको योगफल तयार गरेको छ।

पुलिसको लागि अमित श्रेष्ठले सर्वाधिक ५० ( ४२ बलमा ५ चौका र १ छक्का ) बनाए। यस्तै सुनिल धमलाले ४३ ( ७७ बलमा ३ चौका ) , अनिल साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए।

Amit Shrestha

प्रदेश-२ को लागि संसाद शेखले ४ विकेट ( १०-०-४१-४ ) , राशिद खानले २ विकेट ( ६-०-४०-२ ) तथा कुमार थापा ( ९-०-५९-१ ) र मेहबुब आलमले ( ३-०-१२-१ ) १/१ विकेट लिए। स्कोरकार्ड 

आज जित हाँसिल गरे पुलिस समुह विजेताको रुपमा समुह ‘बि’ को सेमीफाइनलमा प्रवेश गर्ने छ।  अँकतालिका 

 





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]