एपीएफद्वारा प्रदेश-१ लाई मध्यम लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘ए’ अन्तर्गतको दोश्रो खेलमा शनिवार नेपाल एपीएफ क्लब र प्रदेश नम्बर-१ प्रतिस्पर्धा गरिरहेका छन्।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिंग गरेको एपीएफले ४८.४ ओभरमा २४३ रनमा सम्पूर्ण विकेट गुमाउदै प्रदेश-१ लाई २४४ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

एपीएफको लागि ओपनर आसिफ शेखले सर्वाधिक ५९ रन बनाए जुन क्रममा ३२ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै बसन्त रेग्मीले ४० रन, सन्दिप जोराले ३० रन, कप्तान शरद भेसावकरले २० रन तथा सुबास खकुरेल र किशोर महतोले १९ रन बनाए।

आक्रामक सुरुवात गर्ने क्रममा ओपनर आसिफ शेख र सुबास खकुरेलले ८.५ ओभरमा ७१ रन जोडेका थिए। आसिफले मात्र २९ बलमा अर्धशतक पुरा गरेका थिए। नवौं ओभरमा असिफलाई सोनु मण्डलले क्याच आउट गराए पछि भने एपीएफले लगातार विकेट गुमाउन पुग्यो। सुबाश खकुरेल, शरद भेसावकर, प्रदिप ऐरी र सुमित महर्जन छोटो अन्तरलमा आउट हुन पुगे।

आसिफ शेखले २९ बलमा अर्धशतक प्रहार गरे

१२६ रनमा ५ विकेट गुमाएको एपीएफलाई छैठौं विकेटको लागि सन्दिप जोरा र बसन्त रेग्मीले ६६ रनको साझेदारी गर्दै उकासे। बसन्त र जोराको विकेट पछि तल्लो क्रममा किशोर महतो र अविनाश बोहराले दशौँ विकेटको लागि २३ रनको साझेदारी गरे।

प्रदेश-१ को बलिंगमा फिर्दोश अन्सारी, दिपेश कंडेल, हेमन्त राई र सर्वन यादवले समान २ विकेट तथा जोशक खड्का र सोनु मण्डलले समान १ विकेट लिए।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा शुक्रबार त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy