प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई

प्रदेश नम्बर-१ लाई ७ विकेटले पराजित गर्दै विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) ले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ। गत संस्करणको फाइनलमा एपीएफलाई पराजित गर्दै प्रदेश-१ ले उपाधि जितेको थियो।

धनगढीको फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको ६८ रनको लक्ष्य एपीएफले ३ विकेट क्षेतीमा १४.२ ओभरमै भेटायो।

एपीएफको लागि ज्योति पाण्डेले अविजित ३६ तथा ममता चौधरीले अविजित १९ रन योगदान दिईन्। ३५ रनमा ३ विकेट गुमेको अवस्थामा ज्योति र ममताले अविजित ३३ रनको साझेदारी गरे। प्रदेश-१ को बलिंगमा रुबिना क्षेत्रीले ३ विकेट हात पारिन् जुन क्रममा ४ ओभरमा १ मेडन ओभर गर्दै १० रन खर्चिन्।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश-१ ले २० ओभरमा ६ विकेट गुमाउदै ६७ रन मात्र बनाउन सक्यो। रुबिना क्षेत्रीले ३४ तथा अप्सरी बेगमले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफको बलिंगमा सिता राना मगरले ३ विकेट ( ४-०-१२-३ ) , रेखा रावलले २ विकेट ( ४-०-११-२ ) तथा करुना भण्डारीले १ विकेट ( ४-१-१३-१ ) हात पारिन्।

उपाधि सहित विजेता एपीएफले ५ लाख रुपैयाँ तथा उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ हात पार्यो।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]