प्रम कप : गण्डकी र एपीएफको खेल टाई, सुदूरपश्चिमको खराब लय कायमै

सुदूरपश्चिम प्रदेशलाई १ सय ६९ रनले हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो खेलमा आर्मी एपीएफसंग पराजित भएको थियो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिमविरुद्ध शान्दार जित निकाल्दै आर्मीले २ अंक जोडेको हो । २ सय ८३ रनको लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको सुदुरपश्चिम २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रनमै रोकियो । उसका वसन्त खत्रीले २५ रन बनाउनु बाहेक अन्य ब्याटर सस्तैमा आउट भए ।

सुदूरपश्चिमलाई धरासयी बनाउन आर्मीका जितेन्द्र मुखियाले ३ विकेट लिए । त्यस्तै विक्रम शोब र साहब आलमले २/२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनायो ।

१३ रन बनाउदा ओपनर हरी चौहानलाई गुमाएको आर्मीका लागि अर्जुन साउद र भिम सार्कीले ९६ रनको साझेदारी गरे । अर्जुन साउदले सर्वाधिक ७३, रोहित पौडेलले ५२, कुशल मल्लले ४३, भिम सार्कीले ३४ र कप्तान विनोद भण्डारीले २८ रन जोडे । बलिङमा हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहोराले २/२ विकेट लिए ।

टाईमा रोकियो एपीएफ 

अर्को खेलमा एपीएफ र गण्डकी प्रदेशले बराबरी खेल्दै अंक बाँडेका छन् । मुलपानी मैदानमा १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो ।

लक्ष्य पछ्याउने क्रममा ६० रनमा ३ विकेट गुमाएको अवस्थाबाट एपीएफले पुनरागमन गर्दै लगातार विकेट निकायो .फलस्वरुप गण्डकी ८८/८ को अवस्थामा पुग्यो। कप्तान बिपिन खत्री र कमल परियारले नवौं विकेटको लागि १४ रन जोडे। १७ रन बनाएका खत्रीलाई किशोर महतोले आउट गरे। नवौं विकेटको लागि कमलले चन्द्र पौडेलसंग १३ रनको साझेदारी गरेता पनि मौसम ढकालले कमललाई बोल्ड गर्दै खेल टाई गराए।

बलिङमा एपिएफका किशोर महतो र प्लेयर अफ द म्याच घोषित मौसम ढकालले ४/४ विकेट लिए ।

यसअघि म टस हारेर पहिले ब्याटिङ थालेको एपिएफ ३५ ओभर १ बलमा १ सय १५ रन बनाउँदै अलआउट भयो । एपिएफलाई सस्तैमा रोक्न गण्डकीका अमृत गुरुङ र अर्जुन कुमालले ३–३ र सुवाष भण्डारीले २ विकेट लिए । एपीएफको लागि भुवन कार्कीले अविजित २४ रन, पुरन बिकले २३ रन तथा लोकेश बम र सन्दिप सन्दिप जोराले २२/२२ रन बनाए।

जितपछि एपीएफ र गण्डकीले समान ३ खेल खेल्दा २ जित र १ टाई खेल पछि ५ अंक बटुलेका छन्। नेट रन रेटमा एपीएफ पहिलो र गण्डकी दोश्रो स्थानमा छ। आर्मी २ खेलमा २ अंक सहित तेश्रो स्थानमा छ। जितविहिन कर्णाली र सुदूरपश्चिम चौंथो र पाँचौ स्थानमा छ।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]