प्रम कप : ज्ञानेन्द्र कप्तानीको बागमतीमा राष्ट्रिय क्रिकेटरको बाहुल्यता

Paras Khadka , Gyanendra Malla

माघ २ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले राष्ट्रिय टिमका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा टिमको घोषणा गरेको छ।

प्रतियोगिता अन्तर्गत बागमती समुह ‘बि’ मा रहेको छ जुन समुहमा  नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन्। बागमतीले माघ ४ गते आइतबार नेपाल पुलिस क्लबसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै माघ ५ गते सुदूरपश्चिमसंग दोश्रो , माघ ९ गते प्रदेश-२ संग तेश्रो तथा माघ ११ गते लुम्बिनीसंग समुह चरणको अन्तिम खेल खेल्नेछ।

घोषित १४ सदस्यीय टिममा कप्तान ज्ञानेन्द्र मल्ल सहित राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पनि रहेका छन्। यस्तै राष्ट्रिय टिमका अन्य खेलाडीहरु पृथु बास्कोटा, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ पनि टिममा रहेका छन्। यस्तै आदील खान, नन्दन यादव, बिभत्सु थापा, तिलक राज भण्डारी, गौतम केसी जस्ता उमेर समुह राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका क्रिकेटरहरु टिममा छन्।

गत संस्करण प्रधानमन्त्री कप प्रतियोगितामा बागमती प्रदेश समुह चारणमा विजेता हुँदै सेमीफाइनलसम्मको यात्रा गर्न सफल रहेको थियो। सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबसंग पराजित हुँदै बागमतीको यात्रा समाप्त भएको थियो। अनुभवी र युवा खेलाडीहरुको मिश्रण रहेको टिमले यो पटक विभागीय टोलिलाई टक्कर दिन सक्ने अनुमान गरिएको छ।

टिमको प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय क्रिकेट टिमका पूर्व सदस्य रिकेश लामाले पाएका छन्।

घोषित टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , पारस खड्का, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ, आकाश थापा, आदील खान, बिभत्सु थापा, आदील खान, गौतम केसी, अरियो पौडेल, तिलक राज भण्डारी, बिपिन आचार्य, नन्दन यादव

वैकल्पिक खेलाडी : रिजन ढकाल, सुबाश खत्री, जितेन्द्र सिंह ठकुरी, पवन श्रेष्ठ

प्रशिक्षक – रिकेश लामा, व्यवस्थापक – प्रेम क्षेत्री





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]