प्रम कप : ज्ञानेन्द्र कप्तानीको बागमतीमा राष्ट्रिय क्रिकेटरको बाहुल्यता

माघ २ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि बागमती प्रादेशिक क्रिकेट संघले राष्ट्रिय टिमका समेत कप्तान रहेका ज्ञानेन्द्र मल्लको कप्तानीमा टिमको घोषणा गरेको छ।

प्रतियोगिता अन्तर्गत बागमती समुह ‘बि’ मा रहेको छ जुन समुहमा  नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन्। बागमतीले माघ ४ गते आइतबार नेपाल पुलिस क्लबसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै माघ ५ गते सुदूरपश्चिमसंग दोश्रो , माघ ९ गते प्रदेश-२ संग तेश्रो तथा माघ ११ गते लुम्बिनीसंग समुह चरणको अन्तिम खेल खेल्नेछ।

घोषित १४ सदस्यीय टिममा कप्तान ज्ञानेन्द्र मल्ल सहित राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पनि रहेका छन्। यस्तै राष्ट्रिय टिमका अन्य खेलाडीहरु पृथु बास्कोटा, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ पनि टिममा रहेका छन्। यस्तै आदील खान, नन्दन यादव, बिभत्सु थापा, तिलक राज भण्डारी, गौतम केसी जस्ता उमेर समुह राष्ट्रिय टिमको प्रतिनिधित्व गरेका क्रिकेटरहरु टिममा छन्।

गत संस्करण प्रधानमन्त्री कप प्रतियोगितामा बागमती प्रदेश समुह चारणमा विजेता हुँदै सेमीफाइनलसम्मको यात्रा गर्न सफल रहेको थियो। सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबसंग पराजित हुँदै बागमतीको यात्रा समाप्त भएको थियो। अनुभवी र युवा खेलाडीहरुको मिश्रण रहेको टिमले यो पटक विभागीय टोलिलाई टक्कर दिन सक्ने अनुमान गरिएको छ।

टिमको प्रशिक्षकको जिम्मेवारी राष्ट्रिय क्रिकेट टिमका पूर्व सदस्य रिकेश लामाले पाएका छन्।

घोषित टिम : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , पारस खड्का, इशान पाण्डे, रामनरेश गिरि, दिपेश श्रेष्ठ, आकाश थापा, आदील खान, बिभत्सु थापा, आदील खान, गौतम केसी, अरियो पौडेल, तिलक राज भण्डारी, बिपिन आचार्य, नन्दन यादव

वैकल्पिक खेलाडी : रिजन ढकाल, सुबाश खत्री, जितेन्द्र सिंह ठकुरी, पवन श्रेष्ठ

प्रशिक्षक – रिकेश लामा, व्यवस्थापक – प्रेम क्षेत्री

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy