पिएम: कप प्रदेशस्तरिय छनाेट खेलमा बारा र सिरहा विजयी

२०७८ पुष १७, शनिबार २२:०१

चन्दनकुमार यादब, राजबिराज १७ पुष

राजबिराजमा संचालित प्रधानमंन्त्री कप: राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनाेट प्रतियाेगिताकाे ग्रुप( बी ) अन्तर्गतकाे खेलमा बारा र सिरहा विजयी भएका छन्।

अाईतवार बाराले पर्सालाई ५ विकेटले पराजित गरेको छ भने सिरहाले सर्लाहीलाई १८ रनले पराजित गरेको  हाे।

मबिव खेल मैदानमा बारा र पर्सा बिच भएकाे खेलमा पर्सा ले टस जितेर निर्धारित ३६ अाेभरकाे खेलमा २४ अाेभर ५ बलमा सबै बिकेट गुमाएर १ सय २४ रन काे याेगफल खडा गरेका थिए। जसमा सुरज पटेल ५४ रन, सैफअलि हवारी १३ रन बनाएका थिए। बलिंगतर्फ बाराका कुमार थापा ४ बिकेट, जितेन्द्र यादब ३ र भुलावन सहनी १ विकेट हात पारेका थिए।

जवाफमा बाराले २८ अाेभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य भेटायो। जसमा टिम का लागि समीर नेपाल ले अविजित ५४ तिर्थराज पटेल १८ र साहिल पटेल ले १७ रन जाेडेका थिए। बलिंग तर्फ पर्सा का सैफुला अंसारी र रंजित कुमार २/२ बिकेट र अलफाज मन्सुरी ले १ बिकेट लिए। खेलकाे म्यान अफ दि म्याच कुमार थापा घाेषित भए।

यसैगरी राजरंगशाला खेल मैदानमा सिरहा र सर्लाही बिच भएकाे खेलमा टस जितेर सिरहा ले निर्धारित ३५ अाेभरकाे खेलमा २४ अाेभर ३ बल मा सबै बिकेट गुमाएर १ सय २४ रन काे याेगफल खडा गरेको थियो। जसमा शैलेन्द्र साह ४३ रन, रूपेश सिँह २० कुश मण्डल १४ रन बनाएका थिए। बलिंग तर्फ सर्लाहीका सन्दिप खडका ४ बिकेट, विशाल पटेल ३ तथा सुमन शुक्ला, अाशुताेष यादब,अलि हुसेन १/१ बिकेट हात पारेका थिए।

जवाफमा सर्लाही ले २१ अाेभर ६ बल खेल्दै सबै बिकेट गुमाएर १ सय ६ रन मै सिमित रहे। जसमा विशाल पटेल ३० रन, सुमन सुक्ला २४ र साैरब सुमन १२ रन बनाए पनि जित काे नजिक पुगेपनि जित हासिल गर्न सकेन।

यता टिम लाई जिताउन उत्कृष्ट बलिंग गरेका सिरहा का प्रतिभ यादब ले ७ अाेभरमा २७ रन दिएर ७ बिकेट लिएपछि बिजय सहज भएकाे थियाे। त्यस्तै टिमका प्रदिप पासवान २ र रूपेश सिँह ले १ बिकेट हात पारेका थिए।

खेलकाे म्यान अफ दि म्याच सिरहा कम प्रतिभ यादब घाेषित भए।

भाेलीकाे खेल सर्लाही र पर्सा तथा सिरहा र बारा बिच हुने सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब ले जानकारी दिए।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy