प्रधानमन्त्री कप भक्तपुर छनोटको सेमीफाइनल समीकरण पुरा

प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट प्रतियोगिताको सेमीफाइनल पुग्ने चार टिमको टुंगो लागेको छ।

समुह ‘ए’ बाट हिमालय स्पोर्ट्स म्यानेजमेन्ट, समुह ‘बि’ बाट जनप्रेमी स्पोर्ट्स क्लब, समुह ‘सी’ बाट भक्तपुर क्रिकेट सेन्टर र समुह ‘डी’ बाट भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन सेमीफाइनल प्रवेश गरेका छन्।

फाइनल प्रवेशको लागि बिहिबार हुने पहिलो सेमीफाइनलमा हिमालय स्पोर्ट्स म्यानेजमेन्ट र भक्तपुर क्रिकेट सेन्टर प्रतिस्पर्धा गर्नेछन्। यस्तै दोश्रो सेमीफाइनलमा शुक्रबार हुनेछ जसमा जनप्रेमी स्पोर्ट्स क्लब र भक्तपुर मुनिसिपल क्रिकेट एसोसिएसन बीच प्रतिस्पर्धा हुनेछ। फाइनल खेल शनिवार हुनेछ।

मुलपानी मैदानमा जारि छनोट प्रतियोगिता अन्तर्गत समुह चरणको अन्तिम दुई खेलमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र भक्तपुर क्रिकेट सेन्टर विजयी भएका छन्।

आजको पहिलो खेलमा भक्तपुर क्रिकेट सेन्टरले भक्तपुर क्रिकेट एक्सिलेन्स सेन्टरलाई १५३ रनले पराजित गर्यो। १७६ रनको लक्ष्य पछ्याएको एक्सिलेन्स सेन्टरले २२ रनमा सबै विकेट गुमायो।

भक्तपुर क्रिकेट सेन्टरको जितमा प्लेयर अफ द म्याच घोषित आकाश गुप्ताले ५ विकेट लिए जुन क्रममा २. १ ओभरमा मात्र ४ रन खर्चिए। बिनोद तामांगले २ विकेट लिए। ब्याटिंगतर्फ बिनोद तामांगले ५६ तथा अभिषेक बस्नेतले ५४ रन बनाए।

 

आजको दोश्रो खेलमा पल्सर क्रिकेट एक्सिलेन्स सेन्टरले इनाचोपासालाई ७४ रनले पराजित गर्यो। १८४ रनको लक्ष्य पछ्याएको इनाचोपासाले १०९ रन मात्र बनाउन सक्यो।

एक्सिलेन्स सेन्टरको जितमा प्लेयर अफ द म्याच घोषित सन्दिप बिस्टले ८१ रन योगदान दिए भने सृजल धामीले ४२ रन बनाए। बलिंगतर्फ सुबाश खत्रीले २ विकेट लिए। इनाचोपासाका रोशन जोशीले ४ विकेट लिएता पनि जितको लागि पर्याप्त भएन।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy