प्रधानमन्त्री कप : बिन्दुको कप्तानीमा सुदुरपश्चिम टिम

पुष ११ गते देखि दाङको लमहीमा सुरु हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेशले टिमको घोषणा गरेको छ।

बिन्दु रावल कप्तानीको टिममा रुवी पोदार उपकप्तानको भूमिकामा रहनेछिन्। टिमको प्रशिक्षक पूर्व राष्ट्रिय महिला क्रिकेटर जानकी भट्ट तथा व्यवस्थापक दिनेश सिंह नियुक्त गरिएको छ।

प्रतियोगितामा सुदुरपश्चिम प्रदेश समुह ‘बि’ मा रहेको छ जुन समुहमा गण्डकी प्रदेश, प्रदेश नम्बर-१ र बागमती प्रदेश रहेका छन्। समुह ‘ए’ मा एपीएफ, प्रदेश-२, कर्णाली प्रदेश र लुम्बिनि प्रदेश रहेका छन्।

सुदूरपश्चिमले आफ्नो पहिलो खेल पुष १४ गते गण्डकी प्रदेश बिरुद्ध, दोश्रो खेल पुष १५ गते प्रदेश नम्बर-१ बिरुद्ध तथा पुष १६ गते बागमती प्रदेश बिरुद्ध खेल्नेछ। समुह चरणमा उत्कृस्ट हुने २ टिम सेमीफाइनल प्रवेश गर्नेछ। प्रतियोगिताको फाइनल पुष १९ गते खेलिनेछ।

घोषित टिम : बिन्दु रावल ( कप्तान ) , रुबी पोदार ( उपकप्तान ) , मंजु बोकटि, ऋतु कनोजिया, कविता जोशी, डली भट्ट, कविता कुँवर, लक्ष्मी साउद, दिव्या कार्की, सुनिता लुहार, दिपा जोरा, स्नेहा महरा, रेवती धामी, सम्झना खड्का , अतिरिक्त खेलाडी : मनिषा चौधरी, शोभा रोकाया, सुधा धामी र प्रवित्रा धामी

प्रशिक्षक – जानकी भट्ट, व्यवस्थापक – दिनेश सिंह

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy