बिन्दुको अर्धशतक, सुदूरपश्चिम सेमीफाइनलमा प्रदेश-२ बाहिर

जित्ने पर्ने खेलमा प्रदेश-२ लाई सहजै ८७ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेश धनगढीमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल पुगेको छ। तिन खेल खेल्दा सुदूरपश्चिमले दुई जित र एक हार बेहोर्यो भने प्रदेश-२ ले तिन खेलमा एक मात्र जित दर्ता गर्न सक्यो। समुह ‘बि’ बाट एपीएफ यस अघिनै सेमीफाइनल प्रवेश गरिसकेको छ भने समुह ‘ए’बाट प्रदेश-१ र लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरिसकेका छन्।

फाप्ला मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले दिएको १४४ रनको लक्ष्य पछ्याएको प्रदेश-२ ले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा ५६ रन मात्र बनाउन सक्यो। साना प्रविनले १४ तथा बिमला मगरले १२ रन बनाउनु बाहेक अन्य प्रदेश-२ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमको बलिंगमा लक्ष्मी साउद ( २/१८ ) र कविता जोशीले ( २/७ ) तथा इश्वरी बिस्टले १ विकेट ( १/१३ ) हात पारिन्।

Bindu Rawal

यस अघि टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ५ विकेट क्षेतीमा १४३ रन बनाएको थियो।

सुदूरपश्चिमको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेकी बिन्दु रावलले अविजित ५० रन योगदान दिईन् जुन क्रम मा उनले ४५ बलमा ४ चौका प्रहार गरिन्। रुबी पोद्दरले २१, डली भट्टले १५ तथा कविता जोशी र संगीता मौनीले समान १३ रन बनाए। रुबी र कविताले ४१ रनको ओपनिंग साझेदारी गरेका थिए। यस्तै बिन्दुले तेश्रो विकेटको लागि शोभा रोकायासंग २५ रन, चौंथो विकेटको लागि संगीतासंग ३३ रन तथा पाँचौ विकेटको लागि डलीसंग ३० रनको साझेदारी गरिन्।

प्रदेश-२ को बलिंगमा बिमला मगरले २ तथा अनुराधा चौधरीले साना प्रविनले समान एक विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy