बिन्दुको अर्धशतक, सुदूरपश्चिम सेमीफाइनलमा प्रदेश-२ बाहिर

जित्ने पर्ने खेलमा प्रदेश-२ लाई सहजै ८७ रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेश धनगढीमा जारि प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनल पुगेको छ। तिन खेल खेल्दा सुदूरपश्चिमले दुई जित र एक हार बेहोर्यो भने प्रदेश-२ ले तिन खेलमा एक मात्र जित दर्ता गर्न सक्यो। समुह ‘बि’ बाट एपीएफ यस अघिनै सेमीफाइनल प्रवेश गरिसकेको छ भने समुह ‘ए’बाट प्रदेश-१ र लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरिसकेका छन्।

फाप्ला मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले दिएको १४४ रनको लक्ष्य पछ्याएको प्रदेश-२ ले २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा ५६ रन मात्र बनाउन सक्यो। साना प्रविनले १४ तथा बिमला मगरले १२ रन बनाउनु बाहेक अन्य प्रदेश-२ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

सुदूरपश्चिमको बलिंगमा लक्ष्मी साउद ( २/१८ ) र कविता जोशीले ( २/७ ) तथा इश्वरी बिस्टले १ विकेट ( १/१३ ) हात पारिन्।

Bindu Rawal

यस अघि टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ५ विकेट क्षेतीमा १४३ रन बनाएको थियो।

सुदूरपश्चिमको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेकी बिन्दु रावलले अविजित ५० रन योगदान दिईन् जुन क्रम मा उनले ४५ बलमा ४ चौका प्रहार गरिन्। रुबी पोद्दरले २१, डली भट्टले १५ तथा कविता जोशी र संगीता मौनीले समान १३ रन बनाए। रुबी र कविताले ४१ रनको ओपनिंग साझेदारी गरेका थिए। यस्तै बिन्दुले तेश्रो विकेटको लागि शोभा रोकायासंग २५ रन, चौंथो विकेटको लागि संगीतासंग ३३ रन तथा पाँचौ विकेटको लागि डलीसंग ३० रनको साझेदारी गरिन्।

प्रदेश-२ को बलिंगमा बिमला मगरले २ तथा अनुराधा चौधरीले साना प्रविनले समान एक विकेट लिए।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]