प्रधानमन्त्री महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि बैतडीलाई

कैलालीमा भएको सुदूरपश्चिम प्रदेश स्तरीय प्रधानमन्त्री महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि बैतडीले हात पारेको छ।

फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा कैलालीलाई ३ रनले हराउदै बैतडीले उपाधि जितेको हो। टस जितेर पहिले ब्याटिङ गरेको बैतडीले निर्धाररित २० ओभरमा ९६ रन बनाएको थियो।

बैतडीका लागि दिव्या कार्कीले नट आउट २३ रन जोडेकी थिइन। निर्मला भण्डारी र बिनिता बाहेराले समान १८ रन बनाएकी थिइन। कैलालीकी स्नेहा चौधरीले २ विकेट हात पारिन्। ९७ रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रेको कैलालीले २० ओभरमा ५ विकेट गुमाउदै ९३ रन मात्रै बनाउन सक्यो।

कैलालीका लागि चादनी शाहाले २३ रन बनाइन्। बैतडीका लागि रितु कनौजियाले २ विकेट हात पारिन्। प्लेयर आफ द ओम्यान फाइनल बैतडीकी दिव्या कार्की भइन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy