काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत पाँचौ दिन मंगलबार दुईवटा खेलहरु हुनेछन्।
टियु मैदानमा लुम्बिनी प्रदेश र प्रदेश-२ तथा मुलपानी मैदानमा गण्डकी र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। दुवै खेल विहान ९ बजे सुरु हुनेछ। खेलतालिका , अंकतालिका
समुह ‘बि’ मा रहेका लुम्बिनी र प्रदेश-२ दुवै टिम प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्दैछन्। यो समुहमा बागमती प्रदेशले दुई खेल खेल्दा दुवैमा जित हात पारिसकेको छ भने पुलिस र सुदूरपश्चिमले खेलेको एक/एक खेलमा हार बेहोरेको छ। प्रदेश-२ र लुम्बिनी प्रदेश पहिलो खेल जित्दै समुहको शिर्ष-२ स्थानमा रहेर सेमीफाइनल पुग्ने अभियान सुरु गर्न चाहन्छ।
अर्कोतर्फ प्रतियोगिताको कमजोर मानिएको टोलि कर्णाली गण्डकी प्रदेश बिरुद्ध जित दर्ता गर्दै जितको स्वाद चाख्न चाहन्छ। गण्डकीले सोमबार प्रदेश-१ लाई २ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरिसकेको छ। गण्डकी दोश्रो जितको साथ सेमीफाइनलमा दावेदारी प्रस्तुत गर्न चाहन्छ तर विभागीय टोलि त्रिभुवन आर्मी र एपीएफलाई पछि पार्नु सहज भने छैन।
कुन टिममा को-को खेलाडीहरु छन् –
लुम्बिनी प्रदेश : कृष्ण कार्की ( कप्तान ) , सौरभ खनाल, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, राजबिर सिंह, प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा, जितेन्द्र शाहनी, देव खनाल, दिपेन्द्र रावत, अमित तामाङ
गण्डकी प्रदेश : बिपिन खत्री ( कप्तान ) अशोक श्रेष्ठ (उपकप्तान), दिपेश खत्री, चन्द्रकान्त पौडेल, अमृत गुरुङ, राहुल उपाध्याय, दिपक डुम्रे, अभिषेक थापा, सुभाष भण्डारी, समिर कडेल, अर्जुन कुमार, विशाल पौडेल, विष्णु पाण्डे, दिनेश वुढामगर
कर्णाली प्रदेश : रबिन्द्र जंग शाही (कप्तान), निश्चल रावल, दिवान पुन, ललित प्याकुरेल, हेमन्त ओली, दिनेश अधिकारी, हिमांशु शाही, विपिन रावल, राज कुमार शाह, अनुज चनारा, तारा प्रसाद गिरी, रुपक दाहल, युनिश विक्रम सिंह र अभिषेक बम ठकुरी
प्रदेश-२ : सुरज प्रसाद कुर्मी ( कप्तान ) , हरिशंकर शाह, सुधिर चौधरी, रभी सिंह, बिशाल सुश्लिंग, रभी शाह, हिमांशु दत्ता ( विकेटकिपर ) , मेहबुब आलम, कुमार थापा, बिबेक यादव, राहुल प्रताप सिंह, आदील अन्सारी, दिभ्याँशु मलिक, शैफुल्ला अन्सारी
प्रधानमन्त्री कपको खेलतालिका , अंकतालिका