डिसेम्बर अन्तिममा प्रधानमन्त्री कप आयोजना हुनसक्ने

प्रधानमन्त्री राष्ट्रिय एकदिवसिय (पिएम) कप प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) ले डिसेम्बर अन्तिमदेखि सुरु गर्ने तयारी गरेको छ ।

कोरोना महामारीसँगै ९ महिनादेखि शून्य नेपाली क्रिकेटलाई पिएमकप मार्फत फर्काउन खोजेको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । क्यानको योजना अनुसार पिएम कप सुरु हुन डेढ महिना बाँकी रहँदा औपचारिक रुपमा कुनै तयारी भने थालेको छैन । यो अवस्थामा क्यानले सिधै प्रदेश छनोट गर्ने तयारी गरिरहेको बुझिएको छ ।

जिल्ला छनोट कोरोना महामारीको कारण नहुने सम्भावना छ । पिएम कपमा ७ प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ । जसमा दुई समूहमा पाँच–पाँच टोली विभाजन गरिने छ । दुइ समूहका शीर्ष दुई दुई टोली सेमिफाइनलमा भिड्ने छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पिएमकपको लागि ४० लाख रुपैयाँ छुट्याएको छ । अन्य रकम क्यानले प्रायोजनबाट उठाउनुपर्ने हुन्छ । ओडिआई मान्यता देश नेपालको पिएमकप एकमात्र राष्ट्रिय एक दिवसिय प्रतियोगिता हो ।

सुनसरीको इनरुवामा मनोमहन मेमोरियल एक दिवसिय प्रतियोगिताले अझै राष्ट्रिय प्रतियोगिताको मान्यता पाईसकेको छैन ।

क्यान निलम्बनमा हुँदा राखेपले पिएमकप सन् २०१७ देखि सुरु गरेको थियो ।

पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

यस अघिका तीन संस्करणमा क्यान नहुँदा पिएम कपको लागि जिल्ला र प्रदेश छनोट भने हुन सकेको थिएन ।

उपाधि विजेताले २० लाख र उप विजेताले १० लाख रुपैयाँ प्राप्त गर्दै आएका छन् ।

( साभार – रेडियो नेपाल )

यो पनि पढ्नुस 

https://wicketnepal.com/band-prashikshn-tayari-pura-wn20/

https://wicketnepal.com/national-team-fitness-trainer-aashaya-hatkar-wn20/

https://wicketnepal.com/nepal-odi-manyata-2023-samma/





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]