प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत सातौँ दिन समुह ‘बि’ अन्तर्गतको खेलमा विभागीय टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित दर्ता गर्ने क्रममा लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको छ।
टियु मैदानमा सम्पन्न खेलमा पुलिसले दिएको ३११ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले पुरै ५० ओभर ब्याटिंग गर्दै २३६ रन मात्र बनाउन सक्यो। स्कोरकार्ड, अंकतालिका, खेलतालिका
लुम्बिनीको लागि सौरभ खनालले सर्वाधिक ७४ रन बनाए जुन क्रममा ६० बलमा ६ चौका र ५ छक्का प्रहार गरे। यस्तै देभ खनालले ४९ रन, सन्दिप रजाली र कृष्ण कार्कीले समान ४० रन तथा राजबिर सिंहले २४ रन बनाए।
ओपनर सन्दिप सुनार र सुशान्त थापा छिट्टै आउट हुँदा तेश्रो विकेटको लागि सन्दिप रजाली र देभ खनालले ६६ रनको साझेदारी गरेका थिए। २६ औं ओभरमा रजालीलाई सागर ढकालले क्याच आउट गराए। त्यसपछि देभ खनाल र प्रनित थापालाई ३२ औं ओभरमा लगातार बलमा पवन सर्राफले क्याच आउट गराउदै पुलिसलाई खेलमा हावी गराए।
त्यसपछि क्रिजमा आएका सौरभ खनाल र राजबिर सिंहले सातौँ विकेटको लागि अर्धशतकीय साझेदारी गरे तर सुस्त ब्याटिंग गर्द लुम्बिनीको आवस्यक रन गति निकै बढी हुन् पुग्यो। ४४ औं ओभरमा राजबिरलाई ललित राजबंशीले क्याच आउट गराए जति बेला जितको लागि लुम्बिनीलाई अझै १४६ रन आवस्यक थियो।त्यसपछि खनाल र कृष्ण कार्कीले सातौँ विकेटको लागि ६९ रनको साझेदारी गर्दै जितको अन्तर कम गरे। कृष्ण अविजित रहे भने सौरभ अन्तिम ओभरमा दिपेन्द्र ऐरीबाट क्याच आउट भए।
पुलिसको बलिंगमा राशिद खान र पवन सर्राफले समान २ विकेट लिए भने ललित राजबंशी, सागर ढकाल र दिपेन्द्र ऐरीले समान १ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको नेपाल पुलिस क्लबले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३१० रन बनाएको थियो।
पुलिसको लागि सुनिल धमलाले करियरकै पहिलो शतक बनाउने क्रममा सर्वाधिक १०४ रन बनाए। प्रधानमन्त्री कपमा प्रहार भएको यो १० औं शतक हो। धमलाले १४५ बलमा ७ चौका र १ छक्का प्रहार गरे। यस्तै दिपेन्द्र सिंह ऐरीले ६१ बलमा १ चौका र ६ छक्का मद्दतले ८५ रन बनाए। पवन सर्राफले मात्र १३ बलमा १ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५० रन बनाए।
कुशल भुर्तेल ६ तथा अमित श्रेष्ठ २८ रन बनाएर आउट भएपछि धमलाले तेश्रो विकेटको लागि दिपेन्द्र ऐरीसंग १२९ रनको साझेदारी गरेका थिए। ४४ औं ओभरमा धमलालाई अनिल खरेलले स्टम्प आउट गराएका थिए। ऐरीलाई ४८ औं ओभरमा सौरभ खनालले क्याच आउट गराए।
दिपेन्द्र ऐरीको विकेटपछि ४८ औं ओभरमा ब्याटिंग गर्न आएका पवन सर्राफले त्यसपछि मात्र १३ बलमा अर्धशतक प्रहार गर्दै टिमको योगफल ३०० पार गराएका थिए। त्यस क्रममा सर्राफले बिक्रम भुसालले गरेको ४९ औं ओभरमा २ वटा छक्का प्रहार गरे भने पार्ट टाइम स्पिनर सौरभ खनालले गरेको ५० औं ओभरमा ४ छक्का हिर्काए। सर्राफले अन्तिम ओभरमा पहिलो ३ बलमा छक्का हिर्काए भने अन्तिम बलमा छक्का हिर्काउदै अर्धशतक पुरा गरे। प्रधानमन्त्री कप तथा नेपाली घरेलु क्रिकेटमा सर्राफको अर्धशतक सबैभन्दा छिटो हो।
लुम्बिनीको बलिंगमा कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले समान १ विकेट लिए। खनालले २ ओभरमा ३८ रन खर्चिए।
प्रतियोगिता अन्तर्गत पुलिसले पहिलो खेलमा बागमती प्रदेशसंग हार बेहोरेपछि दोश्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो। लुम्बिनीले पहिलो खेलमा प्रदेश-२ लाई पराजित गरेको थियो।
जितपछि पुलिस समुह ‘बि’ मा ३ खेलमा २ जित र १ हार पछि ४ अंक बटुल्दै दोश्रो स्थानमा उक्लेको छ। दुवै खेलमा जित सहित बागमती शिर्ष स्थानमा छ। लुम्ब्नी २ खेलमा १ जित र १ हार पछि तेश्रो स्थानमा छ।
स्कोरकार्ड, अंकतालिका, खेलतालिका