प्रधानमन्त्री कप : दोश्रो दिन चार खेलहरु हुँदै

काठमाडौँमा जारि प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिन चारवटा खेलहरु हुँदैछन्।

टियु मैदान कीर्तिपुरमा बिहान ९ बजे समुह ‘ए’ अन्तर्गत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा दिउँसो १ बजे समुह ‘बि’ अन्तर्गत बागमती प्रदेश र नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछन्। यस्तै मुलपानी मैदानमा बिहान ९ बजे समुह ‘ए’ अन्तर्गत प्रदेश नम्बर-१ र कर्णाली प्रदेश तथा दिउँसो १ बजे समुह ‘बि’ अन्तर्गत प्रदेश-२ र गण्डकी प्रदेश बीच खेल हुनेछ।

टियु मैदानमा दुई विभागीय टोलि पुलिस र आर्मी बीचको प्रतिस्पर्धा रोचक हुनेछ। पहिलो खेलमा पुलिसले सुदूरपश्चिमलाई तथा आर्मीले कर्णाली प्रदेशलाई पराजित गरेकोले खेलको विजेता टिमको सेमीफाइनल पुग्ने सम्भावना प्रवल हुनेछ। यस्तै टियु मैदानमा हुने दोश्रो खेलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै विजयी सुरुवात गरेको ज्ञानेन्द्र मल्ल कप्तानीको बागमती प्रदेशको भेट एपीएफसंग रोचक हुनेछ। एपीएफले पहिलो खेलमा प्रदेश-२ लाई पराजित गरेको थियो जसले बागमतीलाई पराजित गरे सेमीफाइनल सम्भावना प्रवल बन्नेछ। सोहि लक्ष्यमा बागमती पनि हुनेछ जो विभागीय टिमलाई आश्चर्यचकित पार्न चाहन्छ।

मुलपानी मैदानमा प्रदेश-१ आफ्नो पहिलो खेलमा कर्णालीसंग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलमा आर्मीसंग पराजित भएको कर्णाली पहिलो जितको साथ प्रतियोगितामा अघि बढ्न चाहन्छ। मुलपानीमा हुने दोश्रो खेलमा गण्डकी प्रदेश आफ्नो पहिलो खेलमा प्रदेश-२ संग खेल्नेछ। प्रदेश-२ पहिलो खेलमा एपीएफसंग पराजित हुनाले सेमीफाइनल पुग्ने सम्भावना जीवित राख्न जित चाहन्छ।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी छन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ। खेलतालिका





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]