प्रधानमन्त्री कपको उपाधिका लागि आर्मी र पुलिस भिड्दै

Nepal Police Team

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट २०७६ को फाइनल खेल शनिवार हुँदैछ। राजधानी स्थित टियु क्रिकेट मैदानमा हुने खेलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनल खेलमा समेत आर्मी र पुलिस भिडेका थिए। सो खेलमा भने बर्षा बाधक बनेपछि दुबै टोलीलाई संयुक्त बिजेता घोषणा गरिएको थियो। पुलिस र आर्मी दुबैले एक्लो ट्रफी भने हात पार्न सकेका छैनन्।

प्रतियोगिताको तेस्रो संस्करणमा बलियो ब्याटिंग युनिट रहेको त्रिभुवन आर्मी र बलियो बलिंग युनिट रहेको नेपाल पुलिस बिचको खेल रोमान्चक हुने आशा गरिएको छ। समुह “बि” बाट समुह बिजेता बन्दै सेमिफाइनल प्रवेश गरेको नेपाल पुलिसले यस अघि समूह चरणको खेलमा आर्मीलाई पराजित गरिसकेको छ। दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिएको एक तर्फी खेलमा पुलिसले ५० रनको जित हात पारेको थियो।

Nepal Police Club Team

पुलिस प्रतियोगितामा अपराजित छ भने आर्मी ले समूह चरणमा एक खेल पुलिस संगै गुमाएको छ। समुह चरणमा पुलिसले कर्णाली प्रदेशलाई ९४ रनले, प्रदेश १ लाई ७५ रनले, त्रिभुवन आर्मीलाई ५० रनले र प्रदेश २ लाई १५६ रनले पराजित गरेको थियो। यस्तै पहिलो सेमिफाइनल खेलमा भने पुलिसले एपीएफ माथि ५ विकेटको जित निकाल्दै फाइनलको यात्रा तय गर्यो।

उता फाइनलमा पुगेको अर्को टोली त्रिभुवन आर्मीले भने समुह चरणमा ४ मध्ये ३ खेलमा जित दर्ता गरेको थियो। आर्मीले प्रदेश २ लाई १७१ रन, प्रदेश १ लाई ११३ रन र कर्णाली प्रदेशलाई ११७ रनले पराजित गर्दा पुलिस क्लबसंग भने ५० रनले पराजित भएको थियो। पहिलो सेमीफाइनल खेलमा आर्मीले प्रदेश ३ बिरुद्ध ११७ रनको ठूलो जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

आर्मीको बलियो ब्याटिंग भर्सेज पुलिसको कसिलो बलिङ्ग :

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई सबैभन्दा बलियो ब्याटिंग भएको टोली मानिएको छ। ओपनर राजु रिजालसंगै कप्तान बिनोद भण्डारीको राम्रो लयले आर्मीको ब्याटिंग बलियो भएको छ।

प्रतियोगिताकै सर्वाधिक रन  बनाउने खेलाडीको सुचिमा शिर्ष स्थानमा रहेका राजु रिजालको लय फर्किनुले समेत आर्मीको ब्याटिंग अझ मजबुत भएको छ। राजुले प्रतियोगिताको ५ खेलमा ४५.८० को औसतले २२९ रन जोडेका छन्। यस्तै आर्मीका कप्तान बिनोद भण्डारीले समेत ५ खेलमा कुल १७६ रन जोडेका छन्।

Raju Rijal
Raju Rijal ( File Photo )

राजु र बिनोदसंगै आर्मीका रोहित पौडेल र हरि चौहान समेत राम्रो लयमा रहेका छन्।

प्रतियोगितामा यस सिजन बनेकों एक मात्र ३०० रन माथिको स्कोर समेत आर्मीले नै बनाएको थियो। प्रदेश ३ बिरुद्ध ३०९ रन जोडेको आर्मीले कर्णाली प्रदेश बिरुद्ध समेत २९० रन जोडेको थियो।

उता फाइनल पुगेको अर्को टोली  नेपाल पुलिस क्लब भने प्रतियोगिताको सबैभन्दा बलियो बलिङ्ग युनिट रहेको टोली हो। उसका लागि  ललित राजबंशी, आरिफ शेख, दिपेन्द्र ऐरी र सागर ढकाल राम्रो प्रदर्शन गर्दै आएका छन्।

Dipendra Airee

पुलिसका लागि ललितले ५ खेलबाट १६ विकेट आफ्नो नाम गरेका छन्। यस्तै समान खेलबाट दिपेन्द्रको नाममा १३ विकेट तथा आरिफ शेख र सागर ढकालको नाममा समान ७-७ विकेट रहेको छ। प्रतियोगितामा पुलिसले आफुले खेलेका हरेक खेलमा बिपक्षि टोलीलाई अलआउट गरेको छ।

तपाइंको बिचारमा कसले जित्ला त खेल ?

 





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]