PM Cup Women’s : लुम्बिनीलाई पराजित गर्दै एपीएफ फाइनलमा

लुम्बिनी प्रदेशलाई ३८ रनले पराजित गर्दै विभागीय टोलि एपीएफ प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको फाइनल पुगेको छ। आजै सम्पन्न दोश्रो सेमीफाइनलमा प्रदेश-१ ले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। फाइनल खेल आइतबार एपीएफ र प्रदेश-१ बीच खेलिनेछ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा एपीएफले दिएको १३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभर ब्याटिंग गर्दै ५ विकेट क्षेतीमा ९१ रन मात्र बनाउन सक्यो।

लुम्बिनीको ब्याटिंगमा नेरी थापाले सर्वाधिक अविजित ३८ रन तथा नितु भण्डारीले १८ रन योगदान दिए। एपीएफ बलर रेखा रावलले तिन विकेट ( ४-०-१५-३ ) तथा सिता राना मगरले एक विकेट हात पारिन्।

यस अघि टस जितेर ब्याटिंग गरेको एपीएफले २० ओभरमा ३ विकेट क्षेतीमा १२९ रन बनाएको थियो। उसको लागि रोमा थापाले अविजित ४२ रन योगदान दिईन् जुन क्रममा ४१ बलमा ४ चौका प्रहार गरिन्। मत चौधरीले २७, सिता राना मगरले १८ तथा राजमती ऐरीले १४ रन योगदान दिईन्। लुम्बिनी प्रदेशको बलिंगमा नेरी थापा, मधु डीसी र कृतिका मरासिनीले समान एक विकेट लिए।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]