प्रधानमन्त्री कप टि-२० : बिपिनको कप्तानीमा गण्डकी प्रदेश टिमको घोषणा

यही पुष २६ गते देखि काठमाडौँमा आयोजना हुने प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको लागि गण्डकी प्रादेशिक क्रिकेट संघले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

घोषित टिमको कप्तानी बिपिन खत्रीले गर्नेछन् भने उपकप्तानमा विशाल पौडेल छन्। टिमको मुख्य प्रशिक्षक रिजन प्रजु तथा व्यवस्थापक चन्द्र कुमार गुरुङ छन्।

गण्डकी प्रदेश टिम : बिपिन खत्री ( कप्तान ) , विशाल पौडेल ( उपकप्तान ) , विधान श्रेष्ठ, दिपक डुम्रे, अर्जुन कुमाल, अनिल गुरुङ, गोबिन्द बिक, सन्दिप खत्री क्षेत्री, अभिषेक बस्नेत, कमल परियार, सुभाष भण्डारी, अशोक श्रेष्ठ, कृष्ण पौडेल, चन्द्रकान्त पौडेल , बैकल्पिक खेलाडीहरु : अमृत गुरुङ, दिनेश बुढा मगर, रोबिन तिमिल्सिना र समिर कंडेल

प्रतियोगितामा गण्डकी प्रदेश समुह ‘बि’ मा छ जुन समुहमा विभागीय टोलि एपीएफ, प्रदेश नम्बर-२, बागमती प्रदेश र लुम्बिनी प्रदेश रहेका छन्। गण्डकीले पहिलो खेल पुष २७ गते दिउसो १ बजे प्रदेश-२ बजे मुलपानी मैदानमा खेल्ने तालिका छ। यस्तै दोश्रो खेल पुष २९ गते दिउसो १ बजे मुलपानी मैदानमा नेपाल एपीएफ क्लब बिरुद्ध , तेश्रो खेल माघ १ गते दिउसो १ बजे बागमती प्रदेशसंग टियु मैदानमा खेल्ने तालिका छ।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ।

समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।

प्रधानमन्त्री कप टि-२० राष्ट्रियको खेल तालिका





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]