जेठ १ गते देखि प्रधानमन्त्री कप , खेल हेर्न पुग्ने दर्शकलाई यस्तो अवसर

२०७६ बैशाख २२, आईतवार १४:४१

  • विकेटनेपाल, बैशाख-२२ 

तेश्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता जेठ १ गते देखि काठमाडौँको किर्तिपुर मैदानमा सुरु हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने प्रतियोगिता जेठ २४ गतेसम्म संचालन हुनेछ।

प्रतियोगितामा ३ वटा विभागीय र ७ वटा प्रदेश गरि कुल १० टिमको सहभागिता रहनेछ। सहभागी १० टिमलाई २ समुहमा बिभाजन गरिनेछ। २ वटा समुहमा एकले अर्को टिमसंग १/१ खेल खेलेपछि दुवै समुहबाट उत्कृस्ट २ टिमले सेमीफाइनल खेल्नेछन्।

प्रतियोगिताको विजेता टिमले २० लाख रुपैयाँ तथा उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले मोटरसाइकल तथा उत्कृस्ट बलर र ब्याट्सम्यानले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा खेल हेर्न जाने दर्शकहरुको लागि समेत यो पटक प्रोत्साहन गर्न छक्का हानेको बल १ हातले क्याच गर्नेलाई रु. ५० हजार प्रदान गरिनेछ। एभरेस्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगले पनि यस अघि यस्तै प्रयोग गरिसकेको छ।

१ करोड ७५ लाख अनुमानित खर्च रहने प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद परिषदले ८० लाख रुपैयाँ उपलब्ध गराउनेछ भने अन्य खर्च प्रायोजन मार्फत जुटाईनेछ।

Armed Police Force APF Cricket Team
गत संस्करणको उपाधि एपीएफले जितेको थियो

प्रतियोगिताको पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले संयुक्त रुपमा जितेको थियो भने दोश्रो संस्करणको उपाधि शशस्त्र प्रहरी बल एपीएफले जितेको थियो। 

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy