प्रधानमन्त्री कपको खेलतालिका सार्वजनिक, टि-२० फर्म्याटमा हुने

प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता पुष २६ गते देखि माघ ५ गते सम्म ( जनवरी १० देखि जनवरी १९ तारिख ) काठमाडौँमा आयोजना हुने भएको छ।

पहिलो पटक प्रधानमन्त्री कप टि-२० फर्म्याटमा आयोजना हुने लागेको हो। नेपालले फेब्रुअरी १५ तारिख देखि ओमानमा खेल्न लागेको टि-२० विश्वकप ग्लोबल छनोट ( ए ) प्रतियोगितालाई ध्यानमा राखेर प्रशिक्षक पुबुदु दासानायेकेले प्रधानमन्त्री कप टि-२० फर्म्याटमा आयोजना गर्न अनुरोध गरेका थिए। सोहि अनुरोध अनुरुप क्यानले राष्ट्रिय खेलकुद परिषदलाई टि-२० फर्म्याटमा प्रतियोगिता गर्न अनुमति मागेको थियो जसलाई परिषदले स्वीकृति दिएको हो।

प्रतियोगिता आयोजना गर्न झन्डै देधा करोड खर्च लाग्ने छ जसमध्ये राष्ट्रिय खेलकुद परिषदले ३७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ। क्यानले राखेप् समक्ष प्रतियोगिता राउण्ड रोबिन फर्म्याटमा आयोजना गर्न बजेट बढाउन माग गरेको थियो तर बजेट नबढ्ने भए पछि पुरानै फर्म्याटमा प्रतियोगिता आयोजना हुनेछ।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी हुनेछन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ।

समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्।

प्रतियोगिताको उद्घाटन खेलमा पुष २५ गते टियु र मुलपानी मैदानमा दुई/दुई वटा खेल हुनेछन्। टियु मैदानमा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा दोश्रो खेलमा नेपाल एपीएफ क्लब र प्रदेश-२ प्रतिस्पर्धा गर्नेछन्। यस्तै मुलपानी मैदनामा नेपाल पुलिस क्लब र सुदूरपश्चिम तथा बागमती प्रदेश र लुम्बिनी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ। सेमीफाइनल खेल माघ ४ गते तथा फाइनल माघ ५ गते खेलिनेछन्।

प्रधानमन्त्री कपको गत सिजन उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो। आर्मीले फाइनलमा एपीएफलाई ३३ रनले पराजित गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy