प्रम कप : कृष्णको कप्तानीमा लुम्बिनी प्रदेश टिम

२०७७ माघ १, बिहीबार २१:१८

Krishna Karki

माघ २ गते देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेशले १४ सदस्यीय टिमको घोषणा गरेको छ। लुम्बिनी प्रदेश क्रिकेट संघले बिहिबार प्रेस बिज्ञप्ति जारि गर्दै टिमको घोषणा गरेको हो।

अनुभवी तिब्र गति बलिंग अलराउण्डर कृष्ण कार्कीको कप्तानी रहने टिममा सौरभ खनाल, बिक्रम भुसाल, सन्दिप सुनार, अनिल खरेल, राजबिर सिंह, प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा जस्ता उमेर समुह राष्ट्रिय क्रिकेट टिमको लागि खेलीसकेका क्रिकेटरहरुको बाहुल्यता रहेको छ। कैलाश रोक्का मगर संयोजक रहेको छनोट समितिले टिम छनोट गरेको हो जसको सदस्य पूर्व राष्ट्रिय क्रिकेटर समेत रहेका बसन्त शाही रहेका छन्।

घोषित १४ सदस्यीय टिम : कृष्ण कार्की ( कप्तान ) , सौरभ खनाल, बिक्रम भुसाल, अनिल खरेल, सन्दिप रजाली, राजबिर सिंह, प्रकाश केसी, सुशान्त सिंह थापा, प्रनित थापा, जितेन्द्र शाहनी, देव खनाल, दिपेन्द्र रावत, अमित तामाङ

बैकल्पिक खेलाडी : बिशाल बिक्रम केसी, तुलाराम थापा, नरेश शार्की, नितेश थापा

शुबेन्दु पाण्डे ( Shubendu Pandey ) ले यो पटक टिममा स्थान पाएनन्

यो पटक लुम्बिनी प्रदेश टिममा गत संस्करण टिममा रहेका अनुभवी ब्याट्सम्यानहरु शुबेन्दु पाण्डे, सिद्धान्त राज शाही, निश्चल चौधरीले स्थान बनाउन असफल रहे। यस्तै यु-१६ राष्ट्रिय टिमको कप्तानी गरिसकेका बिशाल बिक्रम केसी पनि टिममा छैनन् जसलाई वैकल्पिकको सूचीमा राखिएको छ।

प्रतियोगितामा लुम्बिनी प्रदेश समुह ‘बि’ मा रहेको छ जुन समुहमा विभागीय टोलि नेपाल पुलिस क्लब, बागमती प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेको छ।

लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेल माघ ६ गते प्रदेश नम्बर-२ संग खेल्ने छ। यस्तै दोश्रो खेल पुष ८ गते नेपाल पुलिस क्लबसंग, तेश्रो खेल सुदूरपश्चिम प्रदेशसंग माघ १० गते तथा चौथो खेल माघ ११ गते बागमती प्रदेशसंग खेल्ने तालिका रहेको छ।

गत संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश समुह चरणबाट बाहिर भएको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy