प्रधानमन्त्री कप : कुन टिममा को-को खेलाडीहरु छन्

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता कार्तिक १३ गते देखि काठमाडौँमा सुरु हुँदैछ। प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागिता छ।

सहभागी १० टिमलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा मधेश प्रदेश, नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश-१ छन्। समुह ‘ए’ मा नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन्। सबै टिमले समुह चरणमा एक/एक खेल खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

प्रतियोगिताको विजेता टिमले दश लाख रुपैयाँ पाउने क्यानले बताएको छ। यस्तै उपविजेताले पांच लाख पाउनेछन् भने सेमीफाइनल पुग्ने टिमहरुले पचास हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै उत्कृस्ट खेलाडीले पचास हजार रुपैयाँ, उत्कृस्ट बलर र उत्कृस्ट ब्याट्सम्यानले जनही बिस हजार तथा उदयमान खेलाडीले दस हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ द म्याचले पांच हजार रुपैयाँ प्राप्त गर्नेछन्।

कुन टिममा को-को खेलाडीहरु छन् 

प्रदेश नम्बर-१ : सिद्धान्त लोहनी ( कप्तान ) , बिशाल आचार्य, श्रवन यादव, दिपक राज जोशी , मिनस थापा, निरज मुखिया, अंकित सुबेदी, सुजन थपलिया, सोनु मण्डल, सोनु अन्सारी, बिबेक मेहेता, फिर्दोश अन्सारी, लब कामत र हेमन राई

मधेश प्रदेश : हरिशंकर शाह ( कप्तान ) , अनिल शाह ( उपकप्तान, विकेटकिपर ) , बिबेक यादव, आदील आलम, सन्तोष कार्की, रतन रौनक, बिशाल सुश्लिंग, रोहम बिक, डब्लु मलिक, इमरान शेख, बिशाल पटेल, रुपेश सिंह, राजेश यादव, प्रदिप पासवान

बागमती प्रदेश : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , इशान पाण्डे, रामनरेश गिरि, रित गौतम, नन्दन यादव, बिबेक राना मगर, प्रतिश जिसी, रिजन ढकाल, सुर्य तामांग, तिलक राजभण्डारी, दुर्गेश थापा, आशुतोष घिरैया र सोनु देवकोटा

गण्डकी प्रदेश : बिपिन खत्री ( कप्तान ) , चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार

लुम्बिनी प्रदेश : देव खनाल ( कप्तान ) , बसिर एहमद ( उपकप्तान ) , प्रज्वल थापा, आकाश त्रिपाठी, मोहम्मद हुसेन, सन्दिप रजाली, बिशाल बिक्रम केसी, तुल बहादुर थापा, कृष्ण कार्की दुर्गेश गुप्त, सुनिल भण्डारी, अनिल खरेल, नरेश नेपाली, अभिषेक गौतम

कर्णाली प्रदेश : रविन्द्रजंग शाही ( कप्तान ) , प्रकाश जैसी, दिपेन्द्र रावत, हिमांशु शाही, अनुज कुमार चनारा, आवास शाह, दिनेश अधिकारी, बिपिन रावल, सुबोध ऐर, अर्जुन घर्ति, दिवान पुन, बिपिन शाही, निश्चल रावल, मोहन बिक

सुदुरपश्चीम प्रदेश : राजु रिजाल(कप्तान,विकेटकिपर),वसन्त खत्री(उप-कप्तान),नारायण जोशी,शेर मल्ल,वसन्त कार्की,हेमन्त धामी,मिलन बोहरा,दिपक टमटा,गजेन्द्र बोहरा,विरेन्द्र नाथ,नरेन साउँद,कैलाश ऐर,टेक रावत र गजेन्द्र भण्डारी

नेपाल पुलिस क्लब : दिपेन्द्र ऐरी ( कप्तान ) , आरिफ शेख (उपकप्तान), कुशल भुर्तेल, दिलिप नाथ नाथ (विकेटकिपर), अमित श्रेष्ठ, शंकर राना, सुनिल धमला, सागर ढकाल, ललित राजवंशी, योगेन्द्रसिंह कार्की, राशिद खान, पवन सरार्फ, करन केसी र गुल्शन झा

त्रिभुवन आर्मी क्लब : विनोद भण्डारी (कप्तान/विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), हरि बहादुर चौहान, भीम सार्की, रोहित पौडेल, राजेश पुलामी, सोनु तामाङ, कुशल मल्ल, सोमपाल कामी, विक्रम सोब, सुशन भारी, साहब आलम, आकाश चन्द र जितेन्द्र मुखिया ।

नेपाल एपिएफ क्लब : शरद भेसावकर ( कप्तान ) , आसिफ शेख ( विकेटकिपर ) , सन्दिप जोरा, भुवन कार्की, कमलसिंह ऐरी, किशोर महतो, लोकेश बम, सुमित महर्जन, पुरन बिक, आयुष्मान बम, अमरसिंह रौटेला, दिपक बोहरा, मौसम ढकाल





थप समाचार

चेन्नईमाथि लखनाउको जित

काठमाडौं । चेन्नई सुपर किंग्समाथि १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउ सुपर जायन्ट्सले जित निकालेको छ […]

जडेजाको अर्धशतकमा लखनाउलाई १७७ रनको लक्ष्य

काठमाडौं । अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउलाई […]

कोशीमाथि बागमतीको रोमान्चक जित

काठमाडौं । काठमाडौं जारी वीर गणेशमान सिंह राष्ट्रिय टी-२० च्याम्पियनशिप अन्तर्गत चौथो दिनको पहिलो खेलमा बागमती प्रदेशले रोमाञ्चक जित दर्ता […]

युएईसंग पराजित हुँदा नेपाल एसिया कप छनोट हुन असफल

काठमाडौं । नेपाललाई स्तब्ध पार्दै ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको युएई सेमिफाइनल प्रवेश गरेको छ । यो […]

सन्दीपको अर्धशतकमा युएईलाई १२० रनको लक्ष्य

काठमाडौं । ओमानमा जारी दोस्रो संस्करणको एसीसी मेन्स प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा नेपालले सन्दीप जोराको अर्धशतकको सहयोगमा युएईलाई १ […]

नेपालले टस हार्यो, सोमपाल टिममा फर्किए

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईविरुद्ध नेपालले टस हारेको छ । युएईका कप्तान मुहम्मद […]