कर्णाली बिरुद्ध एपीएफको रेकर्ड योगफल, अतिरिक्तको रुपमा कर्णालीले खर्च्यो ६७ रन

प्रधानमन्त्री कप राष्ट्रिय टि-२० प्रतियोगिता अन्तर्गत पहिलो दिनको समुह ‘ए’ अन्तर्गतको  दोश्रो खेलमा विभागीय टोलि एपीएफ र कर्णाली प्रदेश प्रतिस्पर्धा गरिरहेका छन्। दिनको पहिलो खेलमा लुम्बिनीले प्रदेश-२ लाई ९ विकेटले पराजित गर्यो।

लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिंग रोजेको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर २३५ रन बनाउदै कर्णालीलाई २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेटमा यो सबैभन्दा ठूलो योगफल हो। प्रधानमन्त्री कपको अघिल्लो संस्करणमा कर्णाली प्रदेश बिरुद्ध प्रदेश-३ ले १५६ रन बनाएको थियो।

ज्योति पाण्डे र सिता राना मगरले ९७ रनको ओपनिंग साझेदारी गरे

एपीएफको लागि कप्तान सिता राना मगरले सर्वाधिक ६८ रन बनाईन्। सिताले ५९ बलमा ८ चौका प्रहार गरिन्। यस्तै सरिता मगरले ३४ बलमा ६ चौका मद्दतले ४४ रन बनाईन्। ज्योति पाण्डेले ३२, इन्दु बर्माले २२ रन बनाईन्।

कर्णालीले अतिरिक्तको रुपमा ६७ रन खर्चियो जसमा ४१ वाइड, १८ नो बल, ७ बाइ र १ लेग बाइ सामेल थियो।

उत्कृस्ट सुरुवात गर्ने क्रममा ओपनर ज्योति पाण्डे र सिता मगरले ९७ रनको ओपनिंग साझेदारी गरे। नवौं ओभरमा ज्योतिलाई निशा पराजुलीले क्याच आउट गराए। ज्योतिको विकेटपछि सिताले सरिता मगरसंग ९९ रनको साझेदारी गरे। १८ औं ओभरमा सितालाई अन्जु गुरुङले बोल्ड गरे। सरिता मगर र इन्दु बर्मा बीच तेश्रो विकेटको लागि ३४ रनको साझेदारी गरे।

कर्णालीको बलिंगमा दिक्षा पुरीले २ ( ४-०-४२-२ ) विकेट तथा निशा पराजुली ( ४-०-३४-१ ) , अन्जु गुरुङ ( ४-०-५१-१ ) ले समान १ विकेट हात पारे।

महिला प्रम कप : लुम्बिनीद्वारा प्रदेश-२ सहजै पराजित

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy