भोलि ( कार्तिक १३ गते ) देखि काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कप एकदिवसीय रास्ट्रिय प्रतियोगिताको लागि लुम्बिनी प्रदेश र प्रदेश नम्बर-१ ले टिम घोषणा गरेका छन्।
अन्डर-१९ राष्ट्रिय टिमको कप्तान तथा राष्ट्रिय क्रिकेटर देव खनालको कप्तानीमा घोषित लुम्बिनी टिममा अनुभवी ब्याट्सम्यान सौरभ खनाल छैनन्। टिमको उपकप्तानमा अर्का राष्ट्रिय क्रिकेटर देब्रे हाते स्पिन अलराउण्डर बसिर एहमद छन्। टिम कृष्ण कार्की, मोहम्मद हुसेन, बिशाल बिक्रम केसी, दुर्गेश गुप्ता, अनिल खरेल जस्ता अनुभवी खेलाडीहरु छन्।
घोषित लुम्बिनी टिम : देव खनाल ( कप्तान ) , बसिर एहमद ( उपकप्तान ) , प्रज्वल थापा, आकाश त्रिपाठी, मोहम्मद हुसेन, सन्दिप रजाली, बिशाल बिक्रम केसी, तुल बहादुर थापा, कृष्ण कार्की दुर्गेश गुप्त, सुनिल भण्डारी, अनिल खरेल, नरेश नेपाली, अभिषेक गौतम , बैकल्पिक खेलाडीहरु : बिराट भण्डारी, रोहन केसी, सुमित नेवार, निर्मल गुरुङ
यस्तै प्रदेश नम्बर-१ ले राष्ट्रिय क्रिकेटर सिद्धान्त लोहनीको कप्तानीमा टिम घोषणा गरेको छ। टिममा मिनस थापा, अंकित सुबेदी, सोनु अन्सारी, फिर्दोश अन्सारी, लब कामत जस्ता अनुभवी खेलाडीछन्। टिमको प्रशिक्षक लाक्पा लामा तथा व्यवस्थापक अजय राजबंशी छन्।
घोषित प्रदेश-१ टिम : सिद्धान्त लोहनी ( कप्तान ) , बिशाल आचार्य, श्रवन यादव, दिपक राज जोशी , मिनस थापा, निरज मुखिया, अंकित सुबेदी, सुजन थपलिया, सोनु मण्डल, सोनु अन्सारी, बिबेक मेहेता, फिर्दोश अन्सारी, लब कामत र हेमन राई
घोषित अन्य टिमहरु :
मधेश प्रदेश : हरिशंकर शाह ( कप्तान ) , अनिल शाह ( उपकप्तान, विकेटकिपर ) , बिबेक यादव, आदील आलम, सन्तोष कार्की, रतन रौनक, बिशाल सुश्लिंग, रोहम बिक, डब्लु मलिक, इमरान शेख, बिशाल पटेल, रुपेश सिंह, राजेश यादव, प्रदिप पासवान
गण्डकी प्रदेश : बिपिन खत्री ( कप्तान ) , चन्द्रकान्त पौडेल, समिर कँडेल, विधान श्रेष्ठ, सचिनराज अधिकारी, अर्जुन कुमाल, सन्दीप खत्री, अमृत गुरुङ, करन पङ्गेनी, सन्देश बस्नेत, अभिशेक बस्नेत, सुवास भण्डारी र कमल परियार
बागमती प्रदेश : ज्ञानेन्द्र मल्ल ( कप्तान ) , पृथु बास्कोटा ( उपकप्तान ) , इशान पाण्डे, रामनरेश गिरि, रित गौतम, नन्दन यादव, बिबेक राना मगर, प्रतिश जिसी, रिजन ढकाल, सुर्य तामांग, तिलक राजभण्डारी, दुर्गेश थापा, आशुतोष घिरैया र सोनु देवकोटा
सुदुरपश्चीम प्रदेश : राजु रिजाल(कप्तान,विकेटकिपर),वसन्त खत्री(उप-कप्तान),नारायण जोशी,शेर मल्ल,वसन्त कार्की,हेमन्त धामी,मिलन बोहरा,दिपक टमटा,गजेन्द्र बोहरा,विरेन्द्र नाथ,नरेन साउँद,कैलाश ऐर,टेक रावत र गजेन्द्र भण्डारी
नेपाल पुलिस क्लब : दिपेन्द्र ऐरी ( कप्तान ) , आरिफ शेख (उपकप्तान), कुशल भुर्तेल, दिलिप नाथ नाथ (विकेटकिपर), अमित श्रेष्ठ, शंकर राना, सुनिल धमला, सागर ढकाल, ललित राजवंशी, योगेन्द्रसिंह कार्की, राशिद खान, पवन सरार्फ, करन केसी र गुल्शन झा
त्रिभुवन आर्मी क्लब : विनोद भण्डारी (कप्तान/विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), हरि बहादुर चौहान, भीम सार्की, रोहित पौडेल, राजेश पुलामी, सोनु तामाङ, कुशल मल्ल, सोमपाल कामी, विक्रम सोब, सुशन भारी, साहब आलम, आकाश चन्द र जितेन्द्र मुखिया ।
नेपाल एपीएफ क्लब : घोषणा हुन बाँकी
कर्णाली प्रदेश : घोषणा हुन बाँकी