PM Cup Women’s : अप्सरी, काजल र रुबिना चम्किंदा प्रदेश-१ को जित

लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रदेश नम्बर-१ धनगढीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको छ। सेमीफाइनलमा प्रदेश-१ ले समुह ‘बि’ को उपविजेता तथा लुम्बिनीले समुह ‘बि’ को विजेतासंग प्रतिस्पर्धा गर्नेछ। यस अघिनै दुई खेल जित्दै प्रदेश-१ र लुम्बिनी सेमीफाइनल प्रवेश गरिसकेका थिए। कर्णाली प्रदेश र बागमती प्रदेश भने दोश्रो चरण प्रवेश गर्न असफल भए।

फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा प्रदेश-१ ले दिएको ११५ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेशले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा ४७ रन मात्र बनाउन सक्यो।

लुम्बिनीको लागि सरस्वति पुन र नितु भण्डारीले समान ९ रन तथा लक्ष्मी चौधरीले ८ रन योगदान दिए। प्रदेश-१ को बलिंगमा कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट ( ४-१-४-३ ) तथा अलिशा खडियाले २ विकेट ( ४-१-५-२ ) लिए। संगीता राईको नाममा एक विकेट रह्यो।

यस अघि टस जितेर ब्याटिंग गरेको प्रदेश-१ ले निर्धारित २० ओभरमा ३ विकेट क्षेतीमा ११४ रन बनाएको थियो।

प्रदेश-१ को लागि अप्सरी बेगमले सर्वाधिक ४४ रन बनाईन् जुन क्रममा उनले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरिन्। यस्तै काजल श्रेष्ठले ४८ बलमा ४ चौका मद्दतले ४० रन बनाईन्। कप्तान रुबिना क्षेत्रीले १५ रन बनाईन्। रुबिना र काजलले ३८ रनको ओपनिंग तथा काजल र अप्सरीले दोश्रो विकेटको लागि ६२ रनको साझेदारी गरे।

लुम्बिनी प्रदेशको बलिंगमा नेरी थापा ( ४-०-८-१ ) , मधु डिसी ( ४-०-२२-१ ) र सरस्वति पुनले ( १-०-५-१ ) समान एक विकेट लिए।





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]