प्रधानमन्त्री कप : पहिलो दिन तिन विभागीय टोलि र बागमती विजयी

२०७८ पुष २६, सोमबार २०:५२

टि-ट्वान्टी फर्म्याटमा पहिलो पटक आयोजना भएको प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिताको पहिलो दिन चारवटा खेलहरु सम्पन्न भएका छन्।

आज सम्पन्न खेलहरुमा तिन वटा विभागीय टोलिहरु नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशले जित दर्ता गरे। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम पराजित भए।

एपीएफद्वारा प्रदेश-२ पराजित : टियु मैदान कीर्तिपुरमा सम्पन्न खेलमा एपीएफले प्रदेश-२ लाई २४ रनले पराजित गर्यो जुन क्रममा एपीएफले दिएको १६४ रनको लक्ष्य पछ्याएको प्रदेश-२ ले २० ओभरमा ९ विकेट क्षेतीमा १३९ रन मात्र बनाउन सक्यो। एपीएफको ब्याटिंगमा प्लेयर अफ द म्याच चुनिएका आसिफ शेखले ६३ तथा प्रदिप ऐरीले ६० रन बनाए भने बलिंगतर्फ कमल सिंह ऐरी, अविनाश बोहरा र भुवन कार्कीले समान दुई विकेट तथा किशोर महतो र शरद भेसावकरले समान एक विकेट लिए। प्रदेश-२ को ब्याटिंगमा हरिशंकर शाहले ३६ तथा आदील आलमले ३५ रन बनाए भने बलिंगमा रुपेश सिंहले ४ विकेट लिए। स्कोरकार्ड 

आर्मीद्वारा कर्णाली सहजै पराजित : टियु मैदानमा सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्यो जुन क्रममा आर्मीले दिएको ११७ रनको लक्ष्य पछ्याएको कर्णालीले १४.४ ओभरमा ५३ रन मात्र बनाउन सक्यो। आर्मीको जितमा ब्याटिंगतर्फ बिनोद भण्डारीले सर्वाधिक २९, हरि चौहानले २० रन तथा बलिंगमा जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट तथा सुशन भारि र शाहब आलमले समान दुई विकेट लिए। कर्णाली प्रदेशको लागि प्रकाश जैसीले ३ विकेट र अनुज चुनाराले २ विकेट लिए भने ब्याटिंगमा अर्जुन घर्तिले १६ तथा रबिन्द्र शाहीले १५ रन बनाए। स्कोरकार्ड

पुलिसको रोमान्चक जित : मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई २ रनले पराजित गर्यो। पुलिसले दिएको ९४ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले २० ओभरमा ९ विकेट क्षेतीमा ९१ रन बनायो। अन्तिम दुई ओभरमा जित्न आवस्यक ९ रन बनाउन सुदूरपश्चिम असफल रह्यो। अन्तिम ओभरमा ६ रन आवस्यक हुँदा करन केसीले ४ बल डट गर्दै ३ रन मात्र खर्चिए। पुलिसको जितमा प्लेयर अफ द म्याच चुनिएका आरिफ शेखले घातक बलिंग गर्दै ४ विकेट ( ४-०-९-४ ) लिए। स्कोरकार्ड

बागमतीद्वारा लुम्बिनी पराजित : मुलपानी मैदानमा सम्पन्न अर्को खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गर्यो जुन क्रममा बागमतीले दिएको ११५ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ६५ रन मात्र बनाउन सक्यो। बागमतीको जितमा सुबास खकुरेलले ५१ रन तथा बलिंगमा नन्दन यादवले ३ तथा रामनरेश गिरि, सुबास खत्री र तिलक भण्डारीले समान दुई विकेट लिए। स्कोरकार्ड

अंकतालिका

प्रतियोगिता अन्तर्गत दोश्रो दिन पनि चारवटा खेलहरु संचालन हुनेछन्। टियु मैदान कीर्तिपुरमा बिहान ९ बजे नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब तथा दिउँसो १ बजे बागमती प्रदेश र नेपाल एपीएफ क्लब प्रतिस्पर्धा गर्नेछन्। यस्तै मुलपानी मैदानमा बिहान ९ बजे प्रदेश नम्बर-१ र कर्णाली प्रदेश तथा दिउँसो १ बजे प्रदेश-२ र गण्डकी प्रदेश बीच खेल हुनेछ।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी छन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ। खेलतालिका

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy