पीएम कप प्रदेशस्तरिय छनाेट खेलमा महाेतरी र धनुषा विजयी

चन्दनकुमार यादब, राजबिराज १४ पुष

राजबिराजमा संचालित प्रधानमंन्त्री कप: राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत प्रदेश २ स्तरिय क्रिकेट खेलाडी छनाेट प्रतियाेगिता मा महाेतरी र धनुषा बिजय भएका छन्।

बुधवार राजबिराज स्थित राजरंगशाला खेल मैदानमा पहिलाे खेलमा महाेतरीले सप्तरीलाई २५ रनले जित हात पारेकाे छ भने दाेस्राे खेलमा धनुषा ले राैतहट लाई ७ विकेटले पराजित गरेको हो।

पहिलाे खेलमा टस जितेर सप्तरी ले महाेतरी लाई ब्याटिंगकाे लागि निम्तियाएपछि २५ अाेभर १ बलमा सबै बिकेट गुमाई १ सय ४१ रनकाे याेगफल खडा गरेको थियो। जसमा हेरकृष्ण झा ३२ रन, अभिशेक अधिकारी २३ रन, अभिशेक तिवाडी २४ र राहुल प्रताप सिँह २० रन जाेडे।बलिंग तर्फ सप्तरीका महबुव आलमले ४ बिकेट, अजय यादबले ३ बिकेट तथा राेहित सिँह, अनिल यादब पप्पु यादब १/१ बिकेट लिए।

जवाफ मा सप्तरी ले २३ अाेभरमा सबै बिकेट गुमाई १ सय १६ रन मात्र बनाउन सक्यो। जसमा महबुव अालम ३९ रन, बिकास दास २३, निरज यादब १५ रन बनाएपनि जित काे लागी प्रयाप्त हुन सकेन अन्तमा २५ रन ले हार बेहर्नु पर्याे। यता महाेतरी का माेहम्मद हुसेन ले उत्कृष्ट बलिंग गर्दै सप्तरीका ५ जना खेलाडी लाई अाउट गरेपछि सप्तरीकाे जित हात पार्न सकेन। यस्त‌ै अर्का बलर राहुल प्रताप सिँह ले ३ बिकेट र हरेकृष्णा झा ले २ बिकेट लिएका थिए। खेलकाे म्यान अफ दि म्याच माेहम्मद हुसेन घाेषित भए।

मबिव क्याम्पसकाे खेल मैदानमा भएकाे दाेस्राे खेलमा टस जितेर राैतहट ले २८ अाेभरमा ७ बिकेट गुमाई १ रन काे याेगफल खडा गर्यो। जसमा असचल चाैधरी ले ५९ रन डब्लु मलिक २३ र नितेश यादब ले अविजित १४ रन जोडे। बलिंग तर्फ धनुषा का हरीशंकर साह र अाकाश राय २/२ बिकेट तथा रूपेश र विशाल सुश्लिंग १/१ बिकेट लिए।

जवाफमा धनुषा ले २५ अाेभरमा ३ बिकेट गुमाएर बिजय हात पारेका थिए। जसमा राैनक रत्नम ले उत्कृष्ट ब्याटिंग गर्दै अबिजित ६१ रन र अकबर अली ले अविजित १६ रन बनाएपछि जित सहज भएकाे र टिमका लागि हिमांशु दत ले पनि २५ रन जाेडे।
बलिंग तर्फ राैतहट का सागर पासवान २ र राजेश यादब ले १ बिकेट लिएका थिए।

खेलकाे म्यान अफ दि म्याच धनुषा का राैनक रत्नम घाेषित भएकाे सप्तरी क्रिकेट सँघ का सचिव चन्दनकुमार यादब ले जानकारी गराएका छन्।

भाेलीकाे खेल राजरंगशालामा महाेतरी र राैतहट बिच तथा मबिव क्याम्पस खेलमैदानमा धनुषा र सप्तरी बिच हुने सँघ का सचिव यादब ले जानकारी दिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]