प्रम कप प्रादेशिक छनोट : उदयपुर बिरुद्ध मोरङको रन वर्षा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश नम्बर-१ को प्रादेशिक छनोट खेल अन्तर्गत मंगलबार मोरङले उदयपुरलाई ३६८ रनको विशाल अन्तरले पराजित गरेको छ।

झापाको भद्रपुरमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग रोजेको मोरङले निर्धारत ५० ओभरमा ९ विकेट गुमाएर ४२४ रनको विशाल योगफल खडा गरेको थियो। प्रतिउत्तरमामा उदयपुरले विशाल लक्ष्य पछ्याउने क्रममा २२ ओभरमा सबै विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो।

उदयपुरको ब्याटिंगमा बिप्लभ बस्नेतले ३३ तथा प्रकाश सुबेदीले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ७ जना ब्याट्सम्यानले खाता खोल्न सकेनन्।

उदयपुरलाई सानो योगफलमा समेट्न मोरङका बलर दिपेश कंडेल एक्लैले ६ विकेट लिए जुन क्रममा ८ ओभरमा २१ रन खर्चिए। यस्तै शुभांकर उराव र मुकुन्द यादवले समान २ विकेट लिए।

शुभांकर उराव

मोरङको ब्याटिंगमा अन्डर-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका शुभांकर उरावले शतक बनाउने क्रममा १२८ रन बनाए। उनले ८७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। दिपक पासवानले ५३ बलमा १४ चौका मद्दतले ८६ रन, कप्तान सिद्धान्त लोहनीले ५२ बलमा ७ चौका र २ छक्का मद्दतले ६८ रन बनाए। राजन मगरले ३२ तथा मिनास थापाले २४ रन बनाए।

उदयपुरको बलिंगमा दिपक जोशीले ४ विकेट, बिधान गोस्वामीले २ तथा तेज आचार्य र बिकाश चौधरीले समान १ विकेट लिएका थिए।

प्रतियोगितामा अपराजित रहने क्रममा चौथो जित दर्ता गरेको मोरङले उपाधिको लागि सुनसरीसंग बिहिबार प्रतिस्पर्धा गर्नेछ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy