प्रधानमन्त्री कप पहिलो पटक राउण्ड रोबिन फर्म्याटमा आयोजना हुने, फाइनल तिन दिवसीय हुने

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता यो वर्ष राउण्ड रोबिन लिगको आधारमा संचालन गर्ने क्यानले घोषणा गरेको छ।

७ प्रदेश र ३ विभागीय टोलि गरि १० टिमको सहभागिता हुने प्रतियोगिता पहिलो पटक राउण्ड रोबिन लिग फर्म्याटमा आयोजना हुने भएको छ। अर्थात् सबै १० टिमले एक-अर्कासंग एक/एक खेल खेल्न पाउनेछन्। क्यानको आज सम्पन्न कार्यसमिति वैठकले उक्त निर्णय गरेको छ।

यस्तै क्यानले प्रधानमन्त्री कपको राउण्ड रोबिन फर्म्याट पछि अंकतालिकाको शिर्ष स्थानमा रहने ४ टिमले सेमीफाइनल दुई दिवसीय लिग खेल्ने छन्। फाइनल खेल तिन दिवसीय फर्म्याटमा खेलाइने पनि घोषणा गरिएको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy