प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता यो वर्ष राउण्ड रोबिन लिगको आधारमा संचालन गर्ने क्यानले घोषणा गरेको छ।
७ प्रदेश र ३ विभागीय टोलि गरि १० टिमको सहभागिता हुने प्रतियोगिता पहिलो पटक राउण्ड रोबिन लिग फर्म्याटमा आयोजना हुने भएको छ। अर्थात् सबै १० टिमले एक-अर्कासंग एक/एक खेल खेल्न पाउनेछन्। क्यानको आज सम्पन्न कार्यसमिति वैठकले उक्त निर्णय गरेको छ।
यस्तै क्यानले प्रधानमन्त्री कपको राउण्ड रोबिन फर्म्याट पछि अंकतालिकाको शिर्ष स्थानमा रहने ४ टिमले सेमीफाइनल दुई दिवसीय लिग खेल्ने छन्। फाइनल खेल तिन दिवसीय फर्म्याटमा खेलाइने पनि घोषणा गरिएको छ।