अनिल साहको प्रदर्शनमा एपीएफको जित

फोटो फिचर : अनिल साह ( सशस्त्र प्रहरी बल, एपीएफ ) फाइल फोटो

  • विकेटनेपाल – १९ जेष्ठ, शनिवार

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०७५ अन्तर्गत शनिवार सम्पन्न खेलहरुमा सशस्त्र प्रहरी बल (एपीएफ) र प्रदेश नम्बर ७ ले जित दर्ता गरेका छन्।

रोमान्चक खेलमा प्रदेश नम्बर ७ बिजयी :

टियु मैदानमा शनिवार सम्पन्न खेलमा प्रदेश नम्बर ७ ले प्रदेश नम्बर ३ लाई २ विकेटले पराजित गर्यो। टस जितेर ब्याटिंगमा उत्रिएको प्रदेश नम्बर ३ ले खराब ब्याटिंग प्रदर्शन गर्दै ३३.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो। उसका जितेन्द्र सिंह ठकुरीले ४० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानहरुले सम्झन लायक प्रदर्शन गर्न सकेका थिएनन्।

पहिलो विकेटका लागि १६ रनको साझेदारी पश्चात कुनै साझेदारी बनाउन नसक्दा प्रदेश नम्बर ३ ठुलो स्कोर बनाउनबाट चुकेको थियो। कप्तान जितेन्द सिंह ठकुरीले ७७ बलको सामना गर्दै ४ चौका र १ छक्का सहित ४० रन बनाए पनि उनले अन्य ब्याट्सम्यानहरुबाट साथ पाउन सकेका थिएनन्। यस्तै सोनु तामांगले इनिंगको अन्त्य तर्फ मात्र २० बलमा २९ रन बनाएका थिए। उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए।

प्रदेश नम्बर ७ को बलिंग तर्फ म्यान अफ दि म्याच समेत रहेका शेर मल्लले सर्वाधिक ४ विकेट हात पारेका थिए। आफ्नो १० ओभरको स्पेलमा मल्लले २७ रन खर्चेर ४ विकेट लिएका थिए। यस्तै बिकाश आग्रीले २८ रन खर्चेर ३ विकेट लिएका थिए। प्रदेश नम्बर ७ ले प्रदेश नम्बर ३ लाई अल आउट गर्न मात्र ४ जना बलरको प्रयोग गरेको थियो।

जवाफमा ११७ रनको विजय लक्ष्य प्रदेश नम्बर ७ ले ८ विकेट गुमाएर ६२ बल अघि नै भेट्टायो। उसको जितमा सुरज दमाइले २५ तथा विजय रानाले २४ रनको इनिंग खेले। प्रदेश नम्बर ३ को बलिंग तर्फ कप्तान जितेन्द्र सिंह ठकुरी र सागर ढकालले समान २-२ विकेट लिए।

अनिल साहको बिष्फोटक इनिंगमा एपीएफको सहज जित :

शनिवार नै मुलपानी मैदानमा सम्पन्न खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले प्रदेश नम्बर १ लाई ९ विकेटले पराजित गर्यो। पहिले ब्याटिंग गर्दै प्रदेश नम्बर १ ले दिएको १२८ रनको सहज लक्ष्य एपीएफले मात्र १ विकेट गुमाउंदै पुरा गर्यो। उसको जितमा म्यान अफ दि म्याच अनिल कुमार साहले बिष्फोटक ब्याटिंग गर्दै मात्र ४८ बलमा ६२ रन जोडे। उनले ५ चौका र ३ छक्का प्राहार गरे। यस्तै पृथु बाँस्कोटाभने ३२ रनमा अविजित रहे।

यस अघि टस हारेर ब्याटिंगको निम्तो पाएको प्रदेश नम्बर १ ले ४२ ओभरम सबै विकेट गुमाएर १२७ रन मात्र जोडेको थियो। उसको इनिंगमा सन्दिप ढुंगानाले २९ तथा मिनाश थापाले २७ रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले स्कोर जोड्न विफल रहे।

एपीएफको बलिंग तर्फ करन केसी, भुवन कार्की, बसन्त रेग्मी र अमर सिंह रौटेलाले समान २-२ विकेट लिएका थिए। यस्तै कमल सिंह ऐरी र पवन सर्राफले समान १-१ विकेट लिएका थिए।

यस्तो छ अंक तालिका : 

जितसंगै प्रदेश नम्बर ७ समुह बि को शिर्ष स्थानमा उक्लिएको छ। ४ खेलमा २ जित १ हार र १ रद्ध सहित प्रदेश नम्बर ७ को ५ अंक रहेको छ। यस्तै पराजित बनेको टोलि प्रदेश नम्बर ३ भने समूह बि को तेस्रो स्थानमा रहेको छ। उसको २ खेलबाट १ जित र १ हार सहित २ अंक रहेको छ। यस्तै समुह ए तर्फ भने शनिवारको खेलमा बिजयी बनेको टोलि एपीएफ अंक तालिकाको शिर्ष स्थानमा रहेको छ। उसको २ खेलबाट २ जित सहित ४ अंक रहेको छ। यस्तै पराजित टोलि प्रदेश नम्बर १ को भने ४ खेलबाट १ जित र ३ हार सहित २ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]