प्रम कप : लुम्बिनीको दोश्रो जित, सुदूरपश्चिम बाहिरियो

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशले दोश्रो जित हात पारेको छ। जितपछि लुम्बिनी समुह ‘बि’ को अंकतालिकामा ४ अंक सहित दोश्रो स्थानमा उक्लेको छ। समान ४ अंक रहेको पुलिस नेट रन रेटमा पछि रहँदै तेश्रो स्थानमा छ। लगातार तेश्रो हार पछि सुदूरपश्चिमको सेमीफाइनल सम्भावना सकिएको छ।

स्कोरकार्डअंकतालिका 

मुलपानी मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले दिएको ६५ रनको समान्य लक्ष्य लुम्बिनीले १४.५ ओभरमा ४ विकेट गुमाएर भेटायो। लुम्बिनीका सौरभ खनालले अविजित १८, प्रकाश केसीले अविजित १७ तथा कृष्ण कार्कीले १५ रन बनाए।

लक्ष्य पछ्याउने क्रममा सुरुवात ४ विकेट ३६ रनमा गुमाएपछि पाँचौ विकेटको लागि सौरभ खनाल र प्रकास केसीले अविजित २८ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए।

सुदूरपश्चिमको बलिंगमा शेर मल्लले २ तथा बिनोद लामाले १ विकेट लिए।

Krishna Karki

यस अघि टस हारेर ब्याटिंग गरेको सुदूरपश्चिम २७.४ ओभरमा ६२ रनमै समेटिएको थियो।

सुदूरपश्चिमको लागि नारायण जोशीले सर्वाधिक १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। पहिलो ७ विकेट ३४ रनको स्कोरमा गुमाएपछि सन्तोष भट्ट र नारायण जोशीले आठौँ विकेटको लागि २६ रनको साझेदारी गरेका थिए।

लुम्बिनी प्रदेशको बलिंगमा कप्तान कृष्ण कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा १० ओभरमा ३ मेडन ओभर गर्दै १७ रन खर्चिए। अनिल खरेल र बिक्रम भुसालले समान २ विकेट तथा सन्दिप सुनार र दिपेन्द्र रावतले समान १ विकेट लिए।

स्कोरकार्डअंकतालिका 

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy