प्रम कप : सुरजको कप्तानीमा प्रदेश-२ को टिम घोषणा

२०७७ माघ ४, आईतवार २३:१५

काठमाडौँमा जारि प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश-२ ले टिम सार्वजनिक गरेको छ।

सुरज प्रसाद कुर्मीले कप्तानी गर्ने टिममा कीर्तिमानी राष्ट्रिय क्रिकेटर मेहबुब आलम पनि रहेका छन्। यस अघि प्रदेश-२ को कप्तानी आलमले गर्दै आएका थिए जसको स्थानमा पहिलो पटक सुरजले कप्तानी सम्हाल्नेछन्।

घोषित टिममा हरिशंकर शाह, रभी शाह, हिमांशु दत्ता, राहुल प्रताप सिंह, बिबेक यादव जस्ता अनुभवी राष्ट्रिय क्रिकेटरहरु रहेका छन्। टिमको प्रशिक्षक प्रकाश शर्मा रहेका छन्। यस अघि नेपाल पुलिसको प्रतिनिधित्व गरिरहेका विकेटकिपर ब्याट्सम्यान तथा यु-१९ राष्ट्रिय क्रिकेटर हिमांशु यो पटक प्रदेश-२ बाट खेल्नेछन्।

यु-१९ राष्ट्रिय क्रिकेटर रहीसकेका प्रदेशका सिनियर क्रिकेटर हसिम अन्सारी भने यो पटक टिममा स्थान बनाउन असफल रहे। प्रतियोगिताको लागि भयेको छनोट प्रतियोगितामा अन्सारीको प्रदर्शन निकै कमजोर रहेकोले उनलाई टिममा समावेश नगरिएको बताईएको छ। हसिमलाई बन्द प्रशिक्षणको लागि घोषित २४ सदस्यीय टोलिमा समेत समाबेश गरिएको थिएन।

घोषित १४ सदस्यीय टोलि :- सुरज प्रसाद कुर्मी ( कप्तान ) , हरिशंकर शाह, सुधिर चौधरी, रभी सिंह, बिशाल सुश्लिंग, रभी शाह, हिमांशु दत्ता ( विकेटकिपर ) , मेहबुब आलम, कुमार थापा, बिबेक यादव, राहुल प्रताप सिंह, आदील अन्सारी, दिभ्याँशु मलिक, शैफुल्ला अन्सारी  , वैकल्पिक खेलाडीहरु : आशिष झा, नसुरुदीन अन्सारी, गुलशन झा, तिर्थराज दास

प्रतियोगितामा प्रदेश-२ समुह ‘बि’ मा रहेको छ जुन समुहमा बागमती प्रदेश, नेपाल पुलिस क्लब, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन्।

प्रदेश-२ ले माघ ६ गते मंगलबार लुम्बिनी प्रदेशसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै दोश्रो खेल माघ ९ गते बागमतीसंग, तेश्रो खेल माघ ११ गते सुदूरपश्चिमसंग तथा चौथो खेल माघ १२ गते नेपाल पुलिस क्लबसंग खेल्नेछ। पुरा खेलतालिका 

गत संस्करणको प्रधानमन्त्री कपमा प्रदेश-२ सेमीफाइनल पुग्न असफल रहेको थियो जुन क्रममा समुह चरणमा ४ खेल मध्ये २ खेलमा जित र २ खेलमा हार बेहोर्न पुगेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy