PM Cup Women’s : मधु चम्किंदा लुम्बिनीद्वारा बागमती पराजित

बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि-२० राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ। दिनको पहिलो खेलमा प्रदेश-१ ले कर्णाली प्रदेशलाई १६० रनले पराजित गरेको थियो।

धनगढीको फाप्ला मैदानमा समुह ‘ए’ अन्तर्गको खेलमा बागमती प्रदेशले दिएको ७६ रनको लक्ष्य लुम्बिनी प्रदेशले १२.५ ओभरमा मात्र ३ विकेट क्षेतीमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा सरस्वति जीएमले सर्वाधिक अविजित २९ रन बनाईन् जुन क्रममा २५ बलमा ५ चौका प्रहार गरिन्। नितु भण्डारीले १४ तथा सरस्वति प्पुनले अविजित ९ रन बनाईन्। बागमती प्रदेशको बलिंगमा अश्मिना कर्माचार्य, आरति बिडारी र खुसि डंगोलले समान एक विकेट लिईन्।

यस अघि टस जितेर ब्याटिंग गरेको बागमतीले २० ओभरमा ७ विकेट क्षेतीमा ७५ रन बनाएको थियो। बागमतीको ब्याटिंगमा ओपनर हेलिशा गुरुङ बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्। खुसि डंगोलले अविजित ९ तथा कन्चन श्रेष्ठले ७ रन बनाए।

लुम्बिनीका बलर मधु डीसीले सर्वाधिक ३ विकेट ( ४-०-१३-३ ) हात पारिन्। यस्तै सुष्मिता भुसालले २ ( ४-०-१७-२ )तथा नेरी थापा ( ४-१-१४-१ ) र स्वस्तिका बजगाईले ( ४-०-१५-१ ) समान एक विकेट हात पारिन्।

प्रतियोगिता अन्तर्गत दोश्रो दिन आइतबार पहिलो खेलमा बिहान ९ बजे लुम्बिनी प्रदेश र कर्णाली प्रदेश तथा दोश्रो खेलमा दिनुसो १ बजे प्रदेश-१ र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

पुस ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ बाट नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्दैछन् । दुवै समूहका टोलिहरुले एकअर्कासंग एक-एक खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई/दुई टिमले सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]