PM CUP Women’s : दोश्रो दिन दुई खेल हुँदै

धनगढीको फाप्ला क्रिकेट मैदानमा जारि प्रधानमन्त्री कप महिला टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिन पनि समुह ‘ए’ अन्तर्गतका दुई खेल हुँदैछन्।

दिनको पहिलो खेल बिहान ९ बजे लुम्बिनी प्रदेश र कर्णाली प्रदेश बीच हुनेछ। यस्तै दोश्रो खेल दिउँसो १ बजे प्रदेश-१ र बागमती प्रदेश बीच हुनेछ। दुवै खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एच डीले गर्नेछ।

प्रदेश-१ र लुम्बिनी प्रदेशले आफ्नो-आफ्नो पहिलो खेलमा जित दर्ता गरिसकेका छन्। प्रदेश-१ ले शनिवार कर्णाली प्रदेशलाई १६० रनले पराजित गरेको थियो भने लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो। आज प्रदेश-१ र लुम्बिनी प्रदेश विजयी भए दुवै टिम एक खेल अगावै सेमीफाइनल पुग्नेछन्।

यस्तै आफ्नो पहिलो खेलमा पराजित भएका कर्णाली प्रदेश र बागमती प्रदेशलाई सेमीफाइनल सम्भावना जीवित राख्न जित अत्यावश्यक छ।

पुस ३ गतेदेखि सुरु भएर पुष ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ बाट नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्दैछन् । दुवै समूहका टोलिहरुले एकअर्कासंग एक-एक खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई/दुई टिमले सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]