PM Cup Women’s सुदूरपश्चिमलाई सहजै पराजित गर्दै प्रदेश-१ फाइनलमा

सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन प्रदेश नम्बर-१ धनगढीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको फाइनल पुगेको छ। दोश्रो सेमीफाइनलमा आजै एपीएफ र लुम्बिनी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ।

फाप्ला क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश-१ ले मात्र १ विकेट क्षेतीमा १६.३ ओभरमा भेटायो। प्रदेश-१ को लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३१ रन बनाईन्। काजल श्रेष्ठले २८ तथा अप्सरी बेगमले अविजित ९ रन बनाईन्। सुदूरपश्चिमको लागि एक मात्र विकेट कविता जोशीको नाममा रह्यो।

यस अघि टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट क्षेतीमा ८५ रन बनाएको थियो। सुदूरपश्चिमको ब्याटिंगमा सम्झना खड्काले सर्वाधिक २७, कप्तान ऋतु कनोजियाले २५ तथा डलीभट्टले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खराब सुरुवात गरेको सुदूरपश्चिमले पहिलो ४ विकेट १४ रनमै गुमाएको थियो। पाँचौ विकेटको लागि ऋतु र सम्झना बीच ४५ रनको साझेदारी भयो। छैठौं विकेटको लागि सम्झना र डली बीच २० रनको साझेदारी भयो।

प्रदेश-१ को बलिंगमा ज्योति दनवार, अलिशा खडीया, रुबिना क्षेत्री र संगीता राईले समान एक विकेट लिए।





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]