PM Cup Women’s सुदूरपश्चिमलाई सहजै पराजित गर्दै प्रदेश-१ फाइनलमा

सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन प्रदेश नम्बर-१ धनगढीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० प्रतियोगिताको फाइनल पुगेको छ। दोश्रो सेमीफाइनलमा आजै एपीएफ र लुम्बिनी प्रदेश बीच प्रतिस्पर्धा हुनेछ।

फाप्ला क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य प्रदेश-१ ले मात्र १ विकेट क्षेतीमा १६.३ ओभरमा भेटायो। प्रदेश-१ को लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३१ रन बनाईन्। काजल श्रेष्ठले २८ तथा अप्सरी बेगमले अविजित ९ रन बनाईन्। सुदूरपश्चिमको लागि एक मात्र विकेट कविता जोशीको नाममा रह्यो।

यस अघि टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट क्षेतीमा ८५ रन बनाएको थियो। सुदूरपश्चिमको ब्याटिंगमा सम्झना खड्काले सर्वाधिक २७, कप्तान ऋतु कनोजियाले २५ तथा डलीभट्टले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

खराब सुरुवात गरेको सुदूरपश्चिमले पहिलो ४ विकेट १४ रनमै गुमाएको थियो। पाँचौ विकेटको लागि ऋतु र सम्झना बीच ४५ रनको साझेदारी भयो। छैठौं विकेटको लागि सम्झना र डली बीच २० रनको साझेदारी भयो।

प्रदेश-१ को बलिंगमा ज्योति दनवार, अलिशा खडीया, रुबिना क्षेत्री र संगीता राईले समान एक विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy