PM CUP Women’s : आज दुईवटा सेमीफाइनल खेल हुँदै

धनगढीमा जारि प्रधानमन्त्री कप महिला टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज शनिवार दुईवटा सेमीफाइनल खेलहरु हुनेछन्।

पहिलो सेमीफाइनल खेल शनिवार बिहान ९ बजे प्रदेश नम्बर-१ र सुदूरपश्चिम प्रदेश बीच तथा दोश्रो सेमीफाइनल शनिवारनै दिउँसो १ बजे एपीएफ र लुम्बिनी प्रदेश बीच खेलिनेछ।

समुह ‘ए’ बाट विजेताको रुपमा प्रदेश नम्बर-१ र उपविजेताको रुपमा लुम्बिनी प्रदेश तथा समुह ‘बि’ बाट विजेताको रुपमा एपीएफ र उपविजेताको रुपमा सुदूरपश्चिम प्रदेश सेमीफाइनल प्रवेश गरेका हुन्। समुह चरणमा एपीएफ र प्रदेश-१ ले सबै तिन वटा खेल जित्दै सेमीफाइनलमा स्थान बनाएको हो। लुम्बिनी र सुदूरपश्चिमले समान दुई जित र एक हार बेहोरे।

अब्बल प्रदेश १ लाई रोक्न सुदूरपश्चिमलाई चुनौती

जारी प्रतियोगितामा प्रदेश १ अब्बल टीमको रुपमा रहेको छ । बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदेश गरिरहेको प्रदेश १ लाई रोक्न सुदूरपश्चिमलाई हम्मेहम्मे हुनेछ । नेपाली राष्ट्रिय महिला टीमकी कप्तान रुविना क्षेत्रीको अनुभव र परिपक्कताले सुदूरपश्चिमको टीमलाई फाईनल पुग्न मुस्किल हुनेछ । प्रतियोगितामा हालसम्म चार वटा अर्धशतक बनेका छन् । जसमा तीन वटा अर्धशतक प्रदेश १ कै खेलाडीले बनाएका छन् । प्रदेश १ की अप्सरी वेगम उत्कृष्ट लयमा रहेकी छिन् ।

प्रतियोगितामा तीन खेल्दा उनले उत्कष्ट ब्याटिङको नमुना देखाएकीछन् । दुई खेलमा लगातार अर्धशतक बनाएकी उनले लिग चरणको तेस्रो खेलमा पनि ४४ रनको अविजित पारी खेलेकीछन् । उनी सबैभन्दा बढी रन बनाउने खेलाडीको पहिलो नम्बरमा रहेकी छिन् । उनले तीन खेल्दा एक सय ५६ रन जोडेकी छिन् । सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो नम्बरमा प्रदेश १ की कप्तान रुविना क्षेत्री रहेकी छिन् । उनले एक अर्धशतक सहित ९२ रन बनाएकी छिन् ।

प्रदेश १ ले प्रतियोगिताको सर्वाधिक ठुलो स्कोर पनि बनाएको छ । सर्वाधिक १६६ रन प्रदेश १ ले बनाउँदा अन्य दुई खेलमा पनि समान ११४ रन बनाएको छ । ब्याटिङसँगै प्रदेश १ ले बलिङ पनि उत्कृष्ट प्रदर्शन गरेको छ । प्रतियोगिताको सबैभन्दा फराकिलो एक सय ६० रनको जित दर्ता गर्दा प्रदेश १ ले कर्णाली प्रदेशलाई ६ रनमै अलआउट गरेको थियो । बलिङमा पनि प्रदेश १ की अलिशा खाडिया सर्वाधिक विकेट लिने खेलाडीको पहिलो नम्बरमा रहेकीछिन् । उनले ३ खेलमा ८ विकेट लिएकी छिन् । विकेट लिनको सुचीमा छैठांै नम्बरमा रहेकी कप्तान रुविना क्षेत्रीले पनि ४ विकेट लिएकी छिन् ।

ब्याटिङ र बलिङमा लय देखिएको प्रदेश १ लाई रोक्न सुदूरपश्चिमलाई घरेलु मैदान र घरेलु दर्शकको फाईदा हुनेछ । यसअघि मेयर कपमा पनि सेमिफाईनलमा प्रदेश १ लाई हराएको सुदूरपश्चिम उच्च मनोबलका साथ मैदान उत्र्रिनेछ । लिग चरणको अन्तिम खेलमा प्रदेश २ विरुद्ध सुदुरपश्चिमले एक सय ४३ रन बनाउँदा ब्याटिङ सुधार्दै गएको छ ।

यो योगफल प्रतियोगिताको सर्वाधिक तेस्रो ठुलो स्कोर हो । प्रतियोगितामा अर्धशतक बनाउने तेस्रो खेलाडी सुदूरपश्चिमकी विन्दु रावल रहेकी छिन् । उनी लय फर्किनु पनि सुदुरपश्चिमका लागि फाईदा हुनेछ । आफ्नो पहिलो खेलमा गण्डकीलाई ३२ रनमा आउट गरेको सुदुरपश्चिमको बलिङ पनि कमजोर छैन । सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा सुदूरपश्चिमकी कविता जोशी तेस्रो नम्बरमा रहेकी छिन् । उनले तीन खेलमा ६ विकेट लिएकी छिन् ।

लक्ष्मी साउँद जस्ता युवा खेलाडीबाट सुदुरपश्चिमले लाभ लिन सक्नेछ । तर तिव्र गतिकी बलर कविता कुँवर घाईते हुँदा सुदुरपश्चिमलाई समस्या पर्नेछ । सुदुरपश्चिमले अघिल्ला खेलमा विगारेको फिल्डिङ सुधार्न पनि चुक्नु हुदैंन । प्रदेश १ समुह ए को विजेता हो । उसले लिग चरणका तीन वटै खेलमा शत प्रतिशत जित हासिल गरेको छ । सुदुरपश्चिम प्रदेश समुह बी को उपविजेता हो । उसले एपिएफसँग ८९ रनको हार व्यहोर्दा दुई खेलमा भने सानदार जित हासिल गरेको थियो । चिरपरिचित खेलमा कस्ले बाजी मार्ला खेलपछिको नतिजाले नै थाहा हुनेछ ।

एपिएफलाई लुम्बिनी प्रदेशको चुनौती

शनिबार नै हुने दोस्रो सेमिफाईनलमा विभागीय टीम एपिएफलाई लुम्बिनी प्रदेशले चुनौती दिनेछ । एपिएफ पनि बलिङ र ब्याटिङमा अब्बल नै रहेको छ । एक खेलाडी नचल्दा अर्को खेलाडीले एपिएफको पारी उकासिरहेको छ । जारी प्रतियोगितामा एफिएफले प्रतियोगिाकै सर्वाधिक दोस्रो ठुलो एक सय ५० रनको स्कोर बनाएको छ । पहिलो खेलमा ९८ रन बनाएको एपिएफले दोस्रो खेलमा एक सय २८ रन बनाएको थियो ।

एक सय ५० रन एपिएफले तेस्रो खेलमा बनाएको हो । सर्वाधिक रन बनाउने १० जना खेलाडीहरुको सुचीमा एपिएफका मात्रै चार जना खेलाडी रहेका छन् । ममता चौधरी, रोमा थापा, ज्योती पाण्डेय र ईन्दु वर्मालाई रोक्न लुम्बिनी प्रदेशलाई मुस्किल पर्नेछ । ब्याटिङसँगै एपिएफ बलिङमा पनि बलियो रहेको छ । बलियो टोली मानिने सुदुरपश्चिमलाई एपिएफले ३९ रनमै समेटेको छ । त्यस्तै गण्डकीलाई ३३ रनमा रोक्न सफल टोलीकी करुणा भण्डारी सर्वाधिक विकेट लिने खेलाडीको सुचीमा दोस्रो नम्बरमा रहेकी छिन् । उनले तीन खेलमा ७ विकेट लिएकी छिन् ।

लुम्बिनी प्रदेशले पनि विभागीय टीमलाई कडा टक्कर दिनेमा दुई मत छैन । कप्तान सरस्वती जिसी उत्कृष्ट लयमा रहँदा नेरी थापाको साथले टिमलाई थप हौसला प्रदान गर्नेछ । लुम्बिनीकी मधु डिसी र सुस्मिता भुषालको कसिलो बलिङले एपिएफलाई गाहे पार्न सक्नेछ । उनीहरुले तीन खेलमा समान ४ विकेट लिएका छन् । एपिएफ समुह बी को विजेता बन्दा तीन खेलमा जित हात पार्दै अविजित रहेको छ । लुम्बिनी प्रदेश समुह ए को उपविजेता हो । प्रदेश १ सँग हार्दा कर्णाली र बलियो वागमति प्रदेशलाई हराएर सेमिफाईनल पुगेको हो । खेलमा कस्ले जित्ला ? त्यसको नतिजा दोस्रो सेमिफाईनल सकिएप्छि मात्रै थाहा हुनेछ ।

नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भईरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्ने छन् ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]