पीएम कप महिला राष्ट्रिय प्रतियोगिताको खेल तालिका सार्वजनिक

राष्ट्रिय खेलकुद परिषदको आर्थिक सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा दाङमा पुष ११ गते देखि प्रधानमन्त्री कप महिला टि-२० प्रतियोगिता सुरु हुने भएको छ।

क्यानले सोमबार सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता पुष ११ गते सुरु भएर पुष १९ गते सकिनेछ। यस अघि पुरुषतर्फको प्रतियोगिता पनि पुष-११ गते देखि सुरु हुने बताईएको थियो जुन अब महिला प्रतियोगिता पछि मात्र हुने क्यान श्रोतले बताएको छ।

दाङको लमही क्रिकेट मैदानमा प्रत्येक दिन दुई खेल हुनेछन्। पुष-१९ गते फाइनल खेलको अघिल्लो दिन मात्र एक दिन आराम गर्ने दिन राखिएको छ। दिनको पहिलो खेल ९ बजे विहान तथा दोश्रो खेल १ बजे दिउसो देखि सुरु हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी र प्रदेश-२ ले प्रतिस्पर्धा गर्नेछन्। सोहि दिन एपीएफ र कर्णाली प्रदेश बीच दोश्रो खेल हुनेछ।

प्रतियोगितामा सहभागी एउटा बिभाग र ७ वटा प्रदेश गरि ८ वटा टिमलाई दुईवटा समुहमा बिभाजन गरिएको छ।  समुह ‘ए’ मा शशस्त्र प्रहरी बल ( एपीएफ ), प्रदेश-२, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश रहेका छन् भने समुह ‘बि’ मा सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र  प्रदेश-१ रहेका छन्।

लिग चरणमा समुहमा एकअर्का बिरुद्ध १/१ खेल खेलीसकेपछि दुवै समुहबाट उत्कृस्ट हुने २-२ वटा टिम सेमीफाइनल प्रवेश गर्नेछन्।

प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिता पछिल्लो पटक २०१९ जुनमा महेन्द्रनगरमा आयोजना भएको थियो जसको उपाधि एपीएफले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै जितेको थियो।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]