प्रधानमन्त्री कप महिला क्रिकेट भोलि देखि, फोटोहरुमा हेर्नुस फाप्ला मैदानको अन्तिम तयारी

राष्ट्रिय खेलकुद परिषदको सहयोग र नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सातौँ संस्करण धनगढीमा शनिवार देखि सुरु हुदैछ।

धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा संचालन हुने प्रतियोगिताको उद्घाटन खेलमा बिहान ९ बजे डिफेन्डिङ च्याम्पियन प्रदेश नम्बर-१ र कर्णाली प्रदेश बीच प्रतिस्पर्धा हुनेछ। दिनको दोश्रो खेलमा दिउँसो १ बजे बागमती प्रदेश र लुम्बिनी प्रदेश बीच खेल हुनेछ।

पुस ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा प्रदेश १, लुम्बिनी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेश रहेको छ । समूह ‘बी’ बाट नेपाल एपीएफ क्लब, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश २ ले प्रतिस्पर्धा गर्दैछन् । दुवै समूहका टोलिहरुले एकअर्कासंग एक-एक खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने दुई/दुई टिमले सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको गत संस्करण दाङमा आयोजना भएको थियो जसको उपाधि रुबिना क्षेत्री कप्तानीको प्रदेश नम्बर-१ ले जितेको थियो। फाइनलमा उसले शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई ६ रनले पराजित गरेको थियो। अघिल्लो संस्करण बाहेक प्रतियोगिताको अन्य सम्पूर्ण संस्करण एपीएफले जितेको थियो।

हेर्नुस प्रतियोगिताको पूर्वसन्ध्यामा फाप्ला क्रिकेट मैदानको अन्तिम तयारी





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]