भिडियो कल मार्फत नेपाली टिमलाई प्रधानमन्त्रीको शुभकामना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिएका छन्।

आज बिहान भर्चुअल माध्यमबाट प्रधानमन्त्री प्रचण्डले पाकिस्तानमा रहेको क्रिकेट टोलीलाई जितको शुभकामना दिएका हुन्।

उनले भने, ‘बेस्ट अफ लक, राम्रो गर्नुहोस्। देश तपाईँहरूको साथमा छ ।’

एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व नम्बर वान टोली एवं आयोजक पाकिस्तानसँग खेल्दैछ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रङ्गशालामा नेपाली समय अनुसार अपराह्न ३:१५ बजे सुरु हुनेछ।

https://www.youtube.com/watch?v=COcdms1VP-U

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy