प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

२०८१ फाल्गुन ३, शनिबार २०:४३

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् ।

मुलपानी मैदानमा सम्पन्न शनिबारको पहिलो खेलमा पासाले नेक्सस क्रिकेट एकेडेमीलाई २० रनले पराजित गर्यो । पासाले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको नेक्ससले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन मात्र जोड्न सक्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पासा क्रिकेट क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो ।

पासाको जितमा प्लेयर अफ द म्याच घोषित संदेश कटवालले ५ विकेट लिए। ब्याटिंगमा अभिषेक सिंहले ५५, विनित  पन्थले २३ रन बनाए। नेक्ससको लागि दिपेन्द्र बहादुर ऐरीले ४ विकेट तथा हेमन्त सिंहले ५० र दिपेन्द्र बहादुर ऐरीले ४४ रन बनाएता पनि जित्न पर्याप्त रहेन।

आजै भएको दोस्रो खेलमा बिसिसिले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ९ रनले पराजित गर्यो । बिसीसीले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयनले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन मात्र बनायो ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बिसीसीले २० ओभरमा ८ विकेट गुमाएर १ सय १८ रन जोडेको थियो ।

बिसीसीको जितमा प्लेयर अफ द म्याच घोषित बिनोद तामांगले ३७ रन बनाउनुको साथै १ विकेट पनि लिए।

भक्तपुर छनोटको खेलहरु मुलपानी क्रिकेट मैदानमा जारी छ। प्रतियोगितामा १२ टोलिको सहभागिता छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy