काठमाडौं । अफगानिस्तान पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै वेस्ट इन्डिज र अमेरिमा जारी रहेको नवौं संस्करणको टी-२० विश्वकपको सुपर आठमा प्रवेश गरेको छ ।
वेस्ट इन्डिजको ट्रिनिडाड एन्ड टोबागोमा भएको खेलमा अफगानिस्तानले ७ विकेटको जित हात पार्यो ।
यो जितसँगै समूह सी बाट सुपर आठमा पुग्ने दुई टोलीको टुंगो लागेको छ । वेस्ट इन्डिज र अफगानिस्तानले यस समूहबाट सुपर आठमा स्थान बनाएका छन् ।
यस समूहमा रहेको न्युजिल्यान्ड भने समूह चरणबाट नै घर फर्किएको छ ।