पीएनजीमाथि वेस्ट इन्डिजको जित

काठमाडौं । वेस्ट इन्डिजले पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गर्दै नवौं सस्करणको टी-२० विश्वकपको सुरुआत गरेको छ ।

सहआयोजक रहेको वेस्ट इन्डिजले गुयनामा भएको खेलमा पीएनजीमाथि ५ विकेटको जित हात पारेको छ ।

पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ औं ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजको जितमा रोस्टन चेसले २७ बलमा ४ चौका र २ छक्काको सहयोगमा सर्वाधिक अविजित ४२ रन बनाए । ओपनर ब्रान्डन किंगले २९ बलमा ७ चौकाको सहयोगमा ३४ रन बनाए । निकोलस पुरनले २७ बलमा २७ तथा आन्द्रे रसलले ९ बलमा अविजित १५ रन बनाए ।

पपुवा न्यु गिनीका लागि कप्तान असद भालाले दुई तथा अलि नो र जान कारिकोले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो ।

पीएजीका लागि सेसे बाउले ४३ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेलेका थिए । किप्लिगं डोरिगाले १८ बलमा ३ चौकाको सहयोगमा २७ तथा कप्तान असद भालाले २२ बलमा २१ रन बनाएका थिए ।

चार्ल्स अमिनीले १२ तथा चाड सोपारले १० रन बनाएका थिए । पीएनजीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले समान दुई दुई तथा गुणकेश मोटी, रोमारियो शेर्फड र अकिल हुसैनले समान एक एक विकेट लिए ।

जितसँगै वेस्ट इन्डिज समूह सी को शीर्ष स्थानमा छ । नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह सी मा पीएनजी र वेस्ट इन्डिजका अलावा न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह ए मा क्यानडा, अमेरिकाका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

तथा समूह बी मा अस्ट्रेलिया,इंग्ल्यान्ड,स्कटल्यान्ड,नामिबिया र ओमान  तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

विश्वकपमा नेपालको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ मा रहेको छ ।





थप समाचार

ccc

आयरल्यान्डलाई हराउँदै सुपर आठमा पुग्ने लक्ष्यमा अमेरिका

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गतको ३० औं खेलमा शुक्रवार अमेरिका र आयरल्यान्डबीच भिड्दै […]

दक्षिण अफ्रिका र नेपाल पहिलो पटक भिड्दै

काठमाडौं । नेपाल र दक्षिण अफ्रिका अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा पहिलो पटक भिड्ने भएका छन् । वेस्ट इन्डिज र अमेरिकामा जारी […]

७ महिना पछि नेपाली जर्सीमा फर्कदै सन्दीप

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पुर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने ७ महिना १० पछि नेपाली टोलीको […]

दक्षिण अफ्रिकाविरुद्ध नेपाल सम्भावित प्लेईङ-११

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेको नेपालले दक्षिण अफ्रिकाको […]

दक्षिण अफ्रिकाविरुद्ध उमेर समूहको नतिजा दोहोर्याउने लक्ष्यमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शनिबार बिहान समूह डी मा रहेका नेपाल र दक्षिण […]