आइसीसी टी-२० विश्वकप : वेस्ट इन्डिज र पीएनजी खेल्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा आइतबार बिहानबाट नवौं संस्करणको टी-२० विश्वकपमा एक खेल आज नै रहेको छ ।

विश्वकपको दोस्रो खेलमा समूह सी मा रहेका पपुवा न्यु गिनी (पीएनजी) र सह-आयोजक वेस्ट इन्डिजबीच खेल हुदैछ । यस खेल नेपाली समय अनुसार आइतबार बेलुका सवा आठमा वेस्ट इन्डिजको गुयनामा हुदैछ ।

दुई पटकको च्याम्पियन वेस्ट इन्डिज २००७ बाट सुरु विश्वकपका हरेक संस्करणमा सहभागी रहदै आएको छ । २०२१ को सातौं संस्करणको टी-२० विश्वकपमा सहभागी पीएनजीको यो दोस्रो विश्वकप सहभागीता हो । पीएनजी र वेस्ट इन्डिज कुनै पनि क्रिकेट फर्म्याटमा पहिलो पटक एक आपसमा भिड्दै छन् ।

नवौं संस्करणको विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह सी मा पीएनजी र वेस्ट इन्डिजका अलावा न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह ए मा क्यानडा, अमेरिकाका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

तथा समूह बी मा अस्ट्रेलिया,इंग्ल्यान्ड,स्कटल्यान्ड,नामिबिया र ओमान  तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।

विश्वकपमा नेपालको पहिलो खेल भने नेदरल्यान्ड्सविरुद्ध ४ जुन अर्थात जेठ २२ मा रहेको छ ।

 

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy