अंकतालिकामा उक्लियो नेपाल, बलियो स्थितिमा क्यानडा

  • विकेटनेपाल, २८ माघ – आइतबार 

आईसीसी बिश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले आफ्नो तेश्रो खेलमा युएईलाई ४ विकेटले पराजित गरेपछि प्रतियोगिताको अंकतालिकामा नेपाल माथि उक्लिएको छ। नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो भने दोश्रो खेलमा ओमानसंग ६ विकेटको हार बेहोरेको थियो।

युएईसंगको जित पछि तेश्रो स्थानमा रहेको नेपाल अंकतालिकामा नेपाल दोश्रो स्थानमा उक्लिएको छ।प्रतियोगिता अन्तर्गत आज आइतबार सम्पन्न अन्य २ खेलमा क्यानडा र नामिबियाले जित दर्ता गर्यो। अंकतालिका सबैभन्दा तल 

रोमान्चक खेलमा नामिबियाको जित 

अत्यन्त रोमान्चक खेलमा आयोजक नामिबियाले ओमानलाई २ विकेटले पराजित गर्यो। टस हारेर ब्याटिंग गरेको ओमानले १६५ रन बनाएपछि १६६ रनको लक्ष मात्र २ बल बाँकी छदा नामिबियाले पुरा गर्यो। आयोजक नामिबियाको जितमा गेरहार्ड इरास्मसले अविजित ६३ रन ( १०८ बल, ६ चौका ) बनाए। लक्ष्य पछ्याउने क्रममा ६५ रनमै ७ विकेट गुमाएको नामिबियाको लागि इरास्मसले जोहनेस स्मिट ( ३२ रन ) संग ९२ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए।

क्यानडाको लगातार तेश्रो जित 

आजै सम्पन्न अर्को खेलमा क्यानडाले केन्यालाई ५९ रनले पराजित गर्यो। टस हारेर ब्याटिंग गरेको क्यानडाले दिएको १८७ रनको लक्ष पछ्याउने क्रममा केन्याले १२७ रन मात्रै बनाउन सक्यो। जितमा क्यानडा ओपनर रुभिन्दु गुणशेखराले ८३ रनको महत्वपूर्ण इनिंग खेले।

अंकतालिकामा नेपाल उक्लियो, क्यानडाको अग्रता कायमै 

आज सम्पन्न खेलहरु पछि ३ खेलमा ३ वटै जितको साथ क्यानडा ६ अंक सहित शिर्ष स्थानमा कायम छ। युएईलाई पराजित गरेपछि नेपालको ३ खेलमा २ जित र १ हार सहित ४ अंक भएको छ र दोश्रो स्थानमा छ।  युएई, नामिबिया र ओमानको २ अंक रहेको छ भने केन्याले २ वटै खेलमा पराजय बेहोरेपछि अंकको खाता खोल्न सकेको छैन।

 

सोमबारको खेलहरु – 

नेपाल Vs केन्या
नामिबिया Vs क्यानडा
ओमान Vs युएई

 

 





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]