तयार भयो पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको डिपीआर ( फोटो फिचर )

गण्डकी प्रदेश सरकारले निर्माण गर्ने पशुपतिघाट स्थित पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना विवरण ( डिपीआर ) तयार भएको छ। पोखरा महानगरपालिकाको वडा नम्बर-१३ मा निर्माण हुने रंगशालाको लागि प्रदेश सरकारले १ सय ७४ रोपनी जग्गाको भोगाधिकार पाएपछि निर्माणको पहल सुरु भएको हो। परियोजनाको लागत १ अर्व ६० करोड लाग्ने बताईएको छ।

पोखरास्पोर्ट्सलाई गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा खेलकुद विभाग महाशाखाका उपसचिब तेज काफ्लेले बताए अनुसार छिट्टै जग्गाको संरक्षण र जग्गा सम्याउने काम सुरु हुनेछ – “रंगशालाको डिपिआर तयार भइसकेको र विस्तृत छलफल समेत भएको छ, अव जग्गाको संरक्षण र जग्गा सम्याउने काम शुरु हुनेछ।” उपसचिव काफ्लेका अनुसार रंगशालामा १८ हजार दर्शक अट्नेछ जसको डिपीआर निर्माण १६ लाख लागतमा बिआरएस सोलुसन इन्जीनीयरिंगले तयार गरेको हो।

गण्डकी प्रदेश सरकारले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्न आर्थिक वर्ष २०७७/०७८ का लागि २ करोड विनियोजन गरे पनि त्यो रकम भने अव रंगशालाको जग्गा संरक्षणका लागि खर्चिने योजना रहेको उहाँले बताउनुभयो ।

“निर्माण शुरु गर्नु अघि जग्गा संरक्षण नै पहिलो काम भएको जसका लागि छुट्टै डिपिआर बनाउनु पर्ने भएकोले जल उत्पन्न प्रकोप र भौतिक तथा पुर्वाधार मन्त्रालायका प्राविधिकको सहयोग लिन छलफल भइरहेको छ। वहुवर्षिय योजना अन्तरगत निर्माण शुरु गर्न र यसका लागि अन्तर्राष्ट्रिय बिडिङमा समेत जानुपर्ने भए त्यही अनुसार अघि वढ्न पनि छलफल अघि बढेको छ ।” सरकारले अहिले व्यवस्था गर्ने भनेको रकम वा वजेटको रकमान्तर वा सुनिश्चितता गर्न सकियो भने पनि रंगशाला निर्माण गर्न ३ देखि ४ वर्ष लाग्ने बताउँदै त्यसो नगरि २ वर्ष भित्र खेल्न मिल्ने मैदान तथा पिच तयार गर्ने र अन्य कामहरु बजेटको सुनिश्चिता सँगै अघि वढाउने उहाँले बताउनुभयो ।

पोखराको क्रिकेट खेलका एक मात्र रहेको हालको पोखरा रंगशालाको क्रिकेट मैदान पछि निर्माण हुन लागेको पशुपतीघाट क्रिकेट मैदानले पोखरामा अव कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पोखरामा आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ। ( साभार – पोखरास्पोर्ट्स )

फोटोहरु हेर्नुस : 

भिडियो हेर्नुस 

क्यान ‘डीआरएस’ प्लिज

विलियमसनले बताए ‘खेल्न तयार छु’, हैदरावाद फ्यानहरुको पनि उही चाहना

रिद्दिमानको सुस्त इनिंगलाई लक्षित गर्दै वार्नरले भने – ‘थोरै बढी आक्रामक हुनुपर्थ्यो’

चेन्नाईको संघर्षको पछाडी रैनाको अभाव प्रशिक्षक फ्लेमिंगले स्वीकारे

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy