पोखरा पल्टनबाट खेल्ने बिदेशी खेलाडीको नाम घोषणा

२०७५ कार्तिक ८, बिहीबार १७:१२

  • विकेटनेपाल-८ कार्तिक, बिहिवार

पोखरामा शुक्रवारबाट सुरुहुने पोखरा प्रिमिर लिगका लागि घरेलु टोलि पोखरा पल्टनले दुई बिदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ। प्रतियोगितामा सम्मिलित सबै टोलीले २ बिदेशी खेलाडी राख्नैपर्ने नियम रहेको छ।

पोखरा स्थित पोखरा रंगशालामा शुक्रवारबाट सुरुहुने प्रतियोगिताको पहिलो खेलमा बिराटनगर टाईटन्स र पोखरा पल्टन भिड्दै छन्। बिराटनगरको कप्तानी मार्की खेलाडी सन्दिप लामिछानेले गर्नेछन् भने पोखराको कप्तानका रुपमा मार्की खेलाडी शरद भेसवाकर रहेका छन्।

Sharad Vesawkar
Sharad Vesawkar (File Photo)

प्रतियोगितामा बिदेशी खेलाडी राख्नै पर्ने नियम स्वरूप पोखराले आफ्ना बिदेशी खेलाडीको नाम घोषणा गरेको हो। बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा पल्टनका टिम व्यवस्थापक सुमन राज कार्कीले प्रेस नोट मार्फत बिदेशी खेलाडीको नाम सार्वजनिक गरेका हुन्।

यी हुन् पोखरा पल्टनबाट पिपिएल खेल्ने बिदेशी खेलाडी :

पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा पल्टनले संयुक्त अरब एमिरेट्स (युएई) का मोहम्मद नबिद र भारतका रबि इन्द्र सिंहलाई आफ्नो टोलीमा समेटेको छ। नबिद युएईका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका खेलाडी हुन् भने रबि भारतीय घरेलु क्रिकेटमा चलेका खेलाडी हुन्।

मोह्माद नबिदले युएईका लागि ३२ एक दिवसीय तथा २३ ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल खेलीसकेका छन्। जसक्रममा उनले ४५ एक दिवसीय तथा २९ टि-२० अन्तर्राष्ट्रिय विकेट चट्काएका छन्।

यस्तै अर्का खेलाडी रबि इन्द्र सिंह भने भारतीय घरेलु क्रिकेटमा पन्जाबको लागि खेल्ने गर्दछन्। बायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते अफ स्पिन बलर रबिसंग ४५ प्रथम श्रेणी, ३७ लिस्ट ए र २८ टि-२० खेलको अनुभव रहेको छ।

दिपेश खत्री र सुमन घिमिरे लोकल आइकन खेलाडी :

यसैबीच पोखरा पल्टनले लोकल आइकन खेलाडीका रुपमा पुर्व अन्डर-१९ खेलाडी दिपेश खत्री र सुमन घिमिरेलाई चयन गरेको छ। बिनोद दासको प्रशिक्षणमा रहेको पल्टनको कप्तानी भने शरद भेसवाकरले गर्नेछन्।

” ट्रफी पोखरामानै राख्ने प्रयास गर्नेछौं ” शरद भेसवाकर

पोखरा पल्टनका कप्तान शरद भेसवाकरले पोखरा प्रिमियर लिगको ट्रफी पोखरामानै राख्ने प्रयास रहने बताएका छन्। प्रतियोगिता सुरुहुनु अगाडी बिहिबार आयोजित पत्रकार सम्मेलनमा शरदले टोलीको तयारि राम्रो भएको र राम्रो सुरुवात गर्ने प्रयास रहेको समेत बताए।

पल्टनले प्रतियोगिताको पहिलो खेलमा बिराटनगर टाईटन्सको सामना गर्दैछ। खेल शुक्रवार बिहान ११:०० बजेबाट सुरुहुनेछ।

Leave a Reply

© 2025 WicketNepal - WordPress Theme by WPEnjoy