पोखरा क्रिकेट रंगशालाका निर्माणमा राखेपले एक करोड खर्चिने

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पोखरा रंगशाला स्थित क्रिकेट खेल मैदानको निर्माणका लागि एक करोड खर्च गर्ने भएको छ ।

पोखरा रंगशाला क्रिकेट मैदान निर्माणका लागि राखेपले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड खर्च गर्ने भएको हो । नवौं राष्ट्रिय खेलकुदको तयारी स्वरुप राखेपले पोखरा रंगशालाको क्रिकेत खेल मैदानका लागि एक करोड विनियोजन गरेको उल्ले गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा राखेपले २ करोड र गण्डकी प्रदेश सरकारले एक करोड गरी ३ करोड विनियोजन गरेको भए पनि नभई निर्माण शुरु हुन अगावै कोभिड महमारीका कारण उक्त रकम फ्रिज हुन पुगेको थियो ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले उक्त रकम प्राथमिकताका आधारमा खर्च गरिने बताए-“आव २०७६/०७७ मा ३ करोड फिर्ता हुँदा हामीलाई निकै ठूलो चोट परेको छ । हामीले धेरै चरणमा योजनाहरु बनाएका थियौं । प्यारापिट निर्माण गर्ने सम्मको योजना थियो तर रकम फिर्ता हुँदा हामीलाई दुःख लागेको थियो ।”

नवौंको तयारीका लागि विनियोजित एक करोड अव ग्राउण्ड लेभलिङ पहिलो प्राथमिकता रहेको अध्यक्ष सिग्देलले बताए । उनले भने–“यो एक करोडले जति काम हुन सक्छ हामी गर्छौं । ग्राउण्ड लेभलिङ सङ्गै प्लेयर बक्स र नालीको निर्माण समेत गरिने छ ।”

एशियामानै उत्कृष्ट मध्येको पोखरा रंगशालाको क्रिकेट खेल मैदान स्टोररुम, चेन्जिङ रुम र प्लेयर बक्स समेत नहुँदा टुहुरो बन्न परेको छ । १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा महिला क्रिकेट समेत आयोजना भइसकेको पोखरा क्रिकेट खेल मैदानमा पोखरा प्रिमियर लिग, प्रदेश, जिल्ला र स्थानिय स्तरका प्रतियोगिताहरु आयोजना हुँदै आइरहेका छन्।

( साभार – पोखरास्पोर्ट्स )





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]