रोमान्चक खेलमा पुलिसलाई २ विकेटले हराउदै आर्मी प्रधानमन्त्री कपको फाइनलमा

दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लबलाई २ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ।

टियु मैदान कीर्तिपुरमा पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले १ बल बाँकी हुँदा २ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा आर्मी ओपनर अर्जुन साउद ११ तथा तेश्रो नम्बरका भिम शार्की १० रन बनाएर आउट भए। तेश्रो विकेटको लागि ओपनर हरि चौहानले रोहित पौडेलसंग शतकीय साझेदारी गरे। १३५ रनको साझेदारी चौहानलाई बोल्ड गर्दै ललित राजबंशीले तोडे। चौहानले ९२ बलमा ८ चौका र १ छक्का मद्दतले ७५ रन बनाए।

बिनोद भण्डारीसंग ३२ रनको साझेदारी गरेपछि रोहित अडतीसौं ओभरमा राशिद खानबाट क्याच आउट भए। त्यस अघि रोहितले ८७ बलमा ९ चौका मद्दतले ८९ रन बनाए। बिनोदले राजेश पुलामीसंग २९ रनको साझेदारी गरे। ३२ रन बनाएका बिनोदलाई त्रिचालिसौं ओभरमा करन केसीले एलबिडब्लु पारे। सोहि ओभरमा कुशल मल्ललाई पनि करनले खाता नखोल्दै विकेट पछाडी क्याच आउट पारे।

सातौँ विकेटको लागि राजेश पुलामीले बिक्रम सोबसंग ५३ रनको साझेदारी गरे। उनन्पचासौं ओभरमा बिक्रमलाई करन केसीले क्याच आउट पारे। सोबले १८ बलमा ३ चौका र २ छक्का मद्दतले ३० रन बनाए। सोहि ओभरमा १ रन बनाएका सुशन भारिलाई करनले क्याच आउट गरे।

अन्तिम ओभरमा आर्मीलाई जित्न ८ रन आवस्यक भयो। पुलिस कप्तान दिपेन्द्र ऐरी बलिंग गर्न आए। ऐरीले पहिलो बलमा रन नदिएता पनि पुलामीले दोश्रो बलमा चौका प्रहार गरे। त्यसपछिको बलमा पुलामीले १ रन लिए भने चौंथो बलमा शाहब आलमले १ रन लिए। २ बलमा जित्न २ रन आवस्यक हुँदा पुलामीले छक्का प्रहार गर्दै टिमलाई रोमान्चक जित दिलाए।

प्लेयर अफ द म्याच घोषित भएका राजेश पुलामीले ३७ बलमा अविजित ४३ रन बनाए जुन क्रम मा उनले ३ चौका र २ छक्का प्रहार गरे।

पुलिसको बलिंगमा करन केसी एक्लैले ६ विकेट लिएता पनि जित्न पर्याप्त रहेन। १० ओभरमा करनले ५२ रन खर्चिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन बनायो ।

पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय इनिङ खेले । दीपेन्द्रले राष्ट्रिय राष्ट्रिय क्रिकेटमा व्यक्तिगत सर्वाधिक १ सय ४० रन बनाए । उनले १ सय २५ बलमा ११ चौका र ५ छक्का प्रहार गरे । दिपेन्द्र प्रधानमन्त्री कपको एकै संस्करणमा दुई शतक बनाउने पहिलो क्रिकेटर बन्न पुगे।

यस्तै आरिफ शेखले अविजित रहँदै ९१ रनको अर्धशतकीय इनिङ खेले । करण केसी ८ रनमा अविजित रहे । कुशल भुर्तेल ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए ।

आर्मीका फास्ट बलर विक्रम सोबले ३ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो ।

यस खेलको विजेताले फाइनलमा शनिवार एपीएफ क्लबको सामना गर्ने छ । एपीएफ क्लब पहिलो सेमिफाइनलमा बिहीबार मधेस प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरिसकेको छ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन्। यस्तै उपविजेताले ५ लाख पाउने छन् । त्यस्तै उत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले २० हजार तथा इमर्जिङ प्लेयरले १० हजार पाउने छन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]