एकै खेलमा ह्याट्रिक विकेट र ६ बलमा ६ छक्का, पोलार्डले रचे इतिहास

२०७७ फाल्गुन २०, बिहीबार ०८:०८

वेस्टइन्डिजका ब्याट्सम्यान काईरन पोलार्डले घरेलु मैदानमा श्रीलंका बिरुद्ध सम्पन्न पहिलो टि-२० अन्तर्राष्ट्रियमा ६ बलमा ६ वटै छक्का प्रहार गर्दै इतिहास रचेका छन्। उनि अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्टइन्डिजको लागि ओभरको सबै बलमा छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन्। यस्तै खेलमा श्रीलंकन स्पिनर अकिला धनन्जयले ह्याट्रिक विकेट लिंदै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने तेश्रो श्रीलंकन खेलाडी बन्न सफल भएका छन्।

वेस्टइन्डिजको एन्टीगुवा स्थित कोलिडगे क्रिकेट मैदानमा सम्पन्न तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज अन्तर्गत पहलो खेलमा श्रीलंकाले दिएको १३२ रनको लक्ष्य पछ्याउने क्रममा उत्कृस्ट सुरुवात गरेको घरेलु टोलिले ३ ओभरमा विकेट नगुमाई ४८ रन बनाएको थियो।

चौथो ओभर बलिंग गर्न आएका अकिला धनन्जयले ओभरको दोश्रो बलमा १० बलमा २८ रन बनाएका इभिन लुइसलाई लंगअफमा क्याच आउट गराए। लगत्त बलमा उनले क्रिस गेललाई खाता नखोल्दै एलबिडब्लु आउट गरे। अम्पायरले आउट नदिएपछि श्रीलंकाले रिभ्यु लिंदा गेल आउट भएका थिए। ह्याट्रिक लिने क्रममा निकोलस पुरनलाई धनन्जयले खाता नखोल्दै क्याच आउट गराए।

ह्याट्रिक विकेट लिने धनन्जय तेश्रो श्रीलंकन बलर बने

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा धनन्जयले लिएको ह्याट्रिक १४ औं ह्याट्रिक विकेट हो। थिसारा परेरा र लासिथ मालिंगा पछि ह्याट्रिक विकेट लिने धनन्जय तेश्रो श्रीलंकन क्रिकेटर तथा पहिलो श्रीलंकन स्पिनर बनेका छन्। परेराले २०१६ मा भारत बिरुद्ध ह्याट्रिक लिएका थिए। मालिंगाले २०१७ मा बंगालदेश बिरुद्ध तथा २०१९ मा न्युजिल्यान्ड बिरुद्ध ह्याट्रिक लिएका थिए। मलिंगाले न्युजिल्यान्ड बिरुद्ध ४ बलमा ४ विकेट लिएका थिए।

धनन्जयले ह्याट्रिक लिएपछि समस्यामा परेको वेस्टइन्डिज इनिंग्सको छैठौं ओभरमा पोलार्डले अचम्मको रुप देखाएका थिए।

वेस्टइन्डिजले ६२ रनमा ४ विकेट गुमाइसकेको थियो। छैठौं ओभर बलिंग गर्न आएका दायाँ हाते स्पिनर अकिला धनन्जयले गुमेको ४ मध्ये ३ विकेट लिएका थिए। पाँचौ ओभरको अन्तिम बलमा वेस्टइन्डिजले लेन्डल सिमोन्सको विकेट गुमाएको थियो।

छैठौं ओभरको पहिलो बलमा पोलार्डले लंग अनमा विशाल छक्का प्रहार गरे। दोश्रो बलमा पनि धनन्जयले ओभर पिच बल दिए जसलाई बलरको माथिबाट पोलार्डले छक्का हाने। छक्काको ह्याट्रिक गर्ने क्रममा तेश्रो बलमा अफस्टम्प भन्दा बाहिर फुल लेन्थको बललाई उनले लंग-अफमा छक्का हाने। पोलार्ड रोकिएनन् धनन्जयले गुग्ली गरे जसलाई डिप-मिड विकेटमा छक्का हिर्काए। ४ बलमा लगातार छक्का पछि श्रीलंकन टिमले छलफल गर्यो। तर पाँचौ बलमा पनि पोलार्ड थामिएनन् र लेन्थ बललाई बलरको माथिबाट लंग अनमा छक्का प्रहार गरे। ६ बलमा ६ छक्का पुरा गर्ने क्रममा ओभरको अन्तिम बलमामिड-विकेटको माथिबाट छक्का हिर्काए।

ह्याट्रिक लिएका धनन्जयको खुसिलाई केहि बेरमै पोलार्डले अद्भुत ब्याटिंग गर्दै टिक्न दिएनन्।


११ बलमा ३८ रन बनाएर पोलार्ड सातौँ ओभरमा वानिन्दु हसरंगाबाट एलबिडब्लु आउट भए। त्यसपछि घरेलु टिमले १३.१ ओभरमा ४ विकेट बाँकी रहंदा खेल जित्न सफल रह्यो।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार यस अघि भारतीय ब्याट्सम्यान युभराज सिंहले मात्र गरेका थिए। देब्रे हाते ब्याट्सम्यानले सन् २००७ मा इंग्ल्यान्ड बिरुद्ध टि-२० विश्वकपको खेलमा स्टुवार्ट ब्रोडलाई लगातार ६ छक्का प्रहार गरेका थिए।

अन्तर्राष्ट्रिय क्रिकेटमा ६ छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान दक्षिण अफ्रीकाका हर्शल गिब्स हुन् जसले सन् २००७ को एकदिवसीय विश्वकपमा नेदरल्याण्डका बलर डान भान बंगेको ओभरमा उक्त किर्तिमान बनाएका थिए।

धेरैले पढेको :-

https://wicketnepal.com/ipl-14-chennai-le-practice-suru-garne-wn21/

https://wicketnepal.com/mayor-cup-ktm-11-team-ann-wn21/

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy