सिक्किम ए डिभिजन लिग : पुलिसको दोश्रो जितमा अनिल, दिलिप र अमित उत्कृस्ट

भारतको सिक्किममा जारि ‘कन्चेनजोंगा शिल्ड ए डिभिजन लिग’ प्रतियोगितामा सहभागी नेपाली टोलि नेपाल पुलिस क्लबले लगातार दोश्रो जित दर्ता गरेको छ।

लिग अन्तर्गत पहिलो खेलमा य व्हाइट कोंच क्रिकेट क्लबलाई १० विकेटले पराजित गरेको पुलिसले दोश्रो खेलमा शनिवार रोयल नर्थ ब्रदर्सलाई ९ विकेटले पराजित गर्यो।

सिक्किम क्रिकेट ग्राउण्डमा सम्पन्न खेलमे रोयल नर्थ ब्रदर्सले दिएको १२५ रनको लक्ष्य पुलिसले १६.५ ओभरमा मात्र १ विकेट गुमाएर भेटायो।

लक्ष्य पछ्याउने क्रममा पुलिस ओपनर दिलिप नाथ र अमित श्रेष्ठले ११० रनको साझेदारी गर्दै टिमलाई सहज जिततर्फ डोर्याएका थिए। १६ औं ओभरमा आउट हुनु अघि दिलिले ५७ बलमा ६ चौका र ४ छक्का मद्दतले ६२ रन बनाए। अमित श्रेष्ठले अविजित ५२ रन बनाए जुन क्रममा ४१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। मन्जित श्रेष्ठले अविजित ८ रन बनाए।

प्लेयर अफ द म्याच चुनिएका अनिलले ३ विकेट लिए ( फाइल फोटो ) 

यस अघि टस जितेर ब्याटिंग गरेको रोयल नर्थ ब्रदर्सले ४० ओभरको खेलमा ३५.३ ओभरमा सम्पूर्ण विकेट गुमाएर १२४ रन मात्र बनाउन सकेको थियो। उसको लागि कप्तान मनोजले सर्वाधिक ५६ रन बनाए।

पुलिसको बलिंगमा देब्रे हाते स्पिनर अनिल खरेलले सर्वाधिक ३ विकेट ( ८-३-२२-३ ) लिए। सिद्धान्त लोहनीले २ विकेट तथा राशिद खान, गुल्सन झा, मन्जित श्रेष्ठ र प्रेम तामांगले समान १ विकेट लिए।

लिगमा कुल १० वटा टिम सहभागी रहेका छन्। त्यसमध्ये ८ वटा टिम सिक्किमको स्थानीय क्लबहरु हुन् भने नेपालबाट नेपाल पुलिस क्लब सहित कोलकाताको राजस्थान क्लब आमन्त्रित टिमको रुपमा लिगमा सहभागी छन्।

लिगमा सहभागी १० वटा टिमलाई दुईवटा समुहमा बिभाजन गरिएको छ। नेपाल पुलिस क्लब रहेको समुहमा ब्ल्याक इगल जीडीवाब्लुसीए, रोयल नर्थर्न ब्रदर्स, व्हाइट कोंच क्रिकेट क्लब रहेका छन्।

यो पनि पढ्नुस 

https://wicketnepal.com/apf-upadhi-sita-utkrist-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy