प्रधानमन्त्री कप : पुलिस र एपिएफको जित, बागमती र आर्मी पराजित

आजदेखि सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन्।

कप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रेरित पुलिसले समूह ‘बी’ को खेलमा बागमती प्रदेशलाई १९२ रनको फराकिलो अन्तरले पराजित गर्‍यो।

पुलिसले दिएको २९० रनको लक्ष्य पछ्याएको पुलिस ९७ रनमै अलआउट भयो। बागमतीका लागि ओपनर ईशान पाण्डेले २५ रन जोडे भने रामनरेश गिरीले नटआउट २२ रन बटुले। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा पुलिसमा दीपेन्द्रले ३ विकेट लिए भने करण केसी, गुल्शन झा र सागर ढकालले २-२ विकेट हात पारे।

त्यसअघि मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि दीपेन्द्रले १०८ रन जोडे। उनले ८२ बलमा ११ चौका र ४ छक्का हिर्काए। पुलिसका लागि सुनिल धमला र कुशल भुर्तेलले ३७-३७ रन तथा आरिफ शेखले ३६ रनको योगदान दिए।

दीपेन्द्रको शतक प्रेरित पुलिसले ५ विकेटको क्षतिमा २८९ रन जोडेको थियो।

यता कीर्तिपुर मैदानमा समूह ‘ए’ को खेलमा त्रिभुवन आर्मी क्लबलाई एपिएफले ५६ रनले हरायो।

एपिएफले दिएको २२० रनको लक्ष्य पछ्याएको आर्मी १६३ रनमै अलआउट भयो। आर्मीका लागि हरि चौहानले ६५ रन र रोहित पौडेलले ५१ रन जोडे। अन्य ब्याट्सम्यान दोहोरो अङ्कमा रन जोड्न नपाई आउट भए।

बलिङमा एपिएफका अमरसिंह रटेउलाले ४ विकेट लिए। कमलसिंह ऐरीले ३ विकेट र किशोर महतोले २ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपिएफ ४७.४ ओभरमा २१९ रनमा अलआउट भयो।

एपिएफका लागि प्रदीप ऐरीले ७१ रन र सन्दीप जोराले ५० रनको योगदान दिएका छन्। बलिङमा आर्मीका विक्रम शोवले चार विकेट लिँदा साहब अलाम र कुशल मल्लले २-२ विकेट हात पारे।





थप समाचार

क्यानका ७ जना केन्द्रीय सदस्यले लिखित रूपमै मागे अध्यक्ष चन्दको राजीनामा

पोखरा । नेपाल क्रिकेट सङ्घ (क्यान)का ७ जना केन्द्रीय सदस्यले लिखित रूपमै अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा मागेका छन् । […]

नेपाल क्रिकेट संघको बैठक बस्दै, सन्दीपको निलम्बन फुकुवाबारे छलफल हुने

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति बैठक आज बस्दै छ । पोखरामा बस्ने बैठकमा नेपाल टी-२० लिग विवादमा […]

सन्दीपको निलम्बन फिर्ता गर्ने क्यानको तयारी

नेपाल क्रिकेट सङ्घ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फिर्ता गर्ने तयारी गरेको छ । मङ्गलवार पोखरामा बस्ने क्यानको कार्यसमिति (बोर्ड) […]

क्यानका अध्यक्ष चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग

नेपाल क्रिकेट सङ्घ क्यानका ७ जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्य सम्पादन समितिमा रहेका ५ जना पदाधिकारीको राजीनामा माग […]

मिथिला कप : विकासले ५ विकट लिंदा छिन्नमस्ता विजयी

सप्तरीको राजविराज जारी चौंथो संस्करणको मिथिला कप टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत दोश्रो दिन सम्पन्न खेलमा छिन्नमस्ता स्पोर्ट्स एकेडेमी सप्तरीले १ […]

सन्दीपविनै प्रारम्भिक टोली

नेपाल क्रिकेट सङ्घ (क्यान्) ले घरेलु मैदान कीर्तिपुरमा हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक […]